Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग

by प्रणय साह
प्रकाशित : २०८२ माघ १४,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। नारायणी अस्पतालमा नवजात शिशु र सुत्केरी आमालाई लक्षित गर्दै कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा १३५ जना नवजात शिशु र उनीहरूका आमालाई आवश्यक कपडा वितरण गरिएको हो।
स्वास्थ्य र सुविधामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर–२ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक कुमार टेमानी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा सामाजिक अभियन्ता, युवाहरू तथा नारायणी अस्पतालका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टेमानीले यस्ता मानवीय तथा सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षामा सानो सहयोगले पनि ठूलो प्रभाव पार्छ। यस्ता कार्यक्रमले आमाहरूको मनोबल बढाउनुका साथै समाजमा आपसी सहयोग, सद्भाव र मानवताको भावना मजबुत बनाउँछ।” युवाहरूले अग्रसर भएर यस्ता कार्य गर्नु अत्यन्तै सराहनीय रहेको उहाँको भनाइ थियो।
टेमानीले सामाजिक उत्तरदायित्व संस्थागत दायित्वमा मात्र सीमित नरही प्रत्येक सचेत नागरिकको कर्तव्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता पहललाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमका संयोजक राहुल गुप्ताले समुदायको आवश्यकता बुझेर कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै भविष्यमा स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा थप कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले यस पहलले नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउनुका साथै समाजमा सामाजिक सद्भाव र मानवताको महत्व झल्काएको प्रतिक्रिया दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया
मुख्य समाचार

पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया

प्रकाशित : २०८२ माघ १४,बुधबार
बारा–४ मा रास्वपा उम्मेदवार अंसारीविरुद्ध सामाजिक सञ्जालमा युवाको प्रश्न र असन्तोष
मुख्य समाचार

बारा–४ मा रास्वपा उम्मेदवार अंसारीविरुद्ध सामाजिक सञ्जालमा युवाको प्रश्न र असन्तोष

प्रकाशित : २०८२ माघ १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद