Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

पर्सा–बाराबाट शिवभक्त तीर्थालुको परम्परागत ‘काफिला’ यात्रा सुरु

by प्रणय साह
प्रकाशित : २०८२ पुष २८,सोमबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — नयाँ र पुराना पुस्ताको सहभागितासहित पर्सा र बारा जिल्लाका शिवभक्त तीर्थालुहरूको परम्परागत धार्मिक यात्रा सुरु भएको छ। भारतीय उपमहाद्वीपमा करिब तीन हजार वर्षदेखि चलिआएको परम्पराअनुसार प्रत्येक वर्ष जाडोयाममा निस्किने यो एकमहिने तीर्थाटनलाई हिन्दु समाजमा अत्यन्त पवित्र कर्म मानिन्छ।

स्थानीय लोकबोलीमा ‘काफिला’ भनिने शिवभक्त यात्रुहरूको समूहमा सहभागी तीर्थालुलाई काँवरिया’ वा ‘बाबा’ भनिन्छ। यात्राको अवधिभर उनीहरूलाई सन्तको दर्जा प्राप्त हुने भएकाले सर्वसाधारणले श्रद्धापूर्वक ढोग्ने प्रचलन छ। यात्राका सहभागीहरूले एकअर्कालाई ‘बम’ भनेर सम्बोधन गर्छन्, जुन शिवका गणलाई जनाउने शब्द हो।

काफिलामा जमदार ९प्रमुख०, डिट्ठा ९महामन्त्री०, सिपाही र चौकीदारको संरचना रहन्छ। उनीहरूले आचरणको निगरानी, निर्णय र कार्यान्वयन गर्ने जिम्मेवारी निर्वाह गर्छन्। श्रद्धा र भाकलका कारण यात्रुहरू पूर्ण ब्रह्मचर्य पालन गर्दै कडा अनुशासनका साथ नाङ्गो खुट्टाले काँवर बोकेर यात्रा गर्छन्।

यात्रामा सहभागीहरू प्रयागराज ९इलाहाबाद० वा त्रिवेणी (भैसालोटन) मा कपाल खौरिएर गंगा–जमुना संगमबाट जल लिई आफूले भाकल गरेको शिवालयमा अर्पण गर्ने परम्परा छ। सोमबार निस्किएको काफिलाले प्रयागराजबाट जल भरेर वसन्त पञ्चमीका दिन भारतको बिहार राज्यस्थित अरेराजको सोमेश्वरनाथ महादेवमा अर्पण गर्नेछ।

काफिलाको पहिलो विश्राम नगवामा गरिएको छ। “प्रयागराजमा जल भर्छौं र अरेराजमा चढाउँछौं,” काफिलामा सहभागी एक श्रद्धालुले बताए। ४० गाउँका करिब ४ सय तीर्थालु सहभागी रहेको मुड्ली काफिलाले २८ दिनको यात्रा गर्नेछ।

गंगाबाट जल भरेपछि यात्राको क्रममा एक दिन गंगा पूजा गरिन्छ। सोही दिन मात्र प्रसादस्वरूप गुलियो खान पाइने चलन छ। यात्राभरि मांसाहार, लसुन–प्याज, मादक पदार्थ र गुलियो पूर्ण रूपमा निषेध गरिएको हुन्छ।

परवानीपुर ५ बहुअरीका ५५ वर्षीय हिरा साहले आफू कति पटक काफिलामा सहभागी याद नै नभएको बताउँदै भने विचमा छोरा बाबाको प्रेरणाले यात्रा गरे यसपाली म देखी सकुन्जेल यात्रा गरिरहने बताए। उनका अनुसार बारा र पर्सामा करिब दुई दर्जन काफिला छन् र केही काफिलामा प्रत्येक वर्ष एक हजारभन्दा बढी बाबाहरू सहभागी हुने गरेका छन्।

काफिला अगाडि बढ्दै जाँदा नयाँ भक्तहरू थपिँदै जाने परम्परा रहेको छ। पुस्तान्तरण हुँदै आएको यो धार्मिक यात्रामा अहिले नयाँ पुस्ताको सहभागिता पनि उल्लेख्य बन्दै गएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ पुष २८,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ पुष २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद