बारा – भवन होइन, जीवन जरूरी छ — यो नारामा संजोएको जनताको आक्रोश अहिले बाराको परवानीपुर गाउँपालिकामा स्पष्ट रूपमा देखिन्छ। गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटनको चटारो चलिरहँदा स्थानीय जनता भने दैनिक जीवनको आधारभूत आवश्यकता — पानीको एक बून्दका लागि त्राहीमाम छन्।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही शुक्रबार परवानीपुर गाउँपालिका आउने तय भएको छ। गाउँपालिकामा निर्माण सम्पन्न भएको प्रशासनिक भवनको उद्घाटन समारोहमा उनी प्रमुख अतिथि रहने कार्यक्रम सार्वजनिक भइसकेको छ। पालिकाले यस अवसरलाई ऐतिहासिक क्षणका रूपमा लिँदै भव्य स्वागतको तयारी गरिरहेको छ। गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीका अनुसार, प्रधानमन्त्रीको आगमन सम्मानको विषय हो र हामी यसको सफल आयोजनामा जुटेका छौं।
तर, एउटै गाउँपालिकाभित्र सँगसँगै दुई विपरीत दृश्य देखिन्छन् — एकातिर रातदिन मेहेनत गरेर लाखौंको भवन सजाइएको छ, अर्कोतिर जनता बाल्टिन बोकेर घण्टौं पानीको लाइनमा उभिएका छन्।
युवाहरूको आक्रोश — विकास’को परिभाषा के हो भन्दै स्थानीय युवा नेता सन्जु साह भन्छन् “यो त निर्मम व्यङ्ग्यजस्तै हो। जनताले पानी पाउन नसकेको बेला सरकार भवन उद्घाटनमा रमाइरहेको छ। विकास देखाउने तर पीडा नदेख्ने यस्तो प्रवृत्ति अब सह्य छैन।” उनका अनुसार गाउँपालिकाले पानीको लागि उचित योजना बनाउन सकेको छैन। बजेट छैन भनेर जनतालाई पन्छाइने तर शौभा बढाउने भवनमा करोडौं खर्च गरिनु विकासको विकृति हो।
‘परवानीपुरकी शान्ति देवी“धारामा हप्ता–हप्ता पानी आउँदैन। बलटीनमा पनि भरिँदा र नम्बर आउदाँ सूर्य चढिसक्छ। बालबच्चा स्कुल जान ढिला हुन्छ। हाम्रो समय पानी खोज्नमै सकिन्छ।”
यस्तै कथा गाउँका एक स्थानीयको पनि छ “हामी त सुक्दै छौं, अनि माथिका मान्छेहरू भने उद्घाटनमा माला ओढ्दै छन्।”
सरकारको प्राथमिकता के हो ,यो प्रश्न अहिले हरेक गाउँबासीको मुखमा छ। भवन चाहिने कुरा हो, तर भौतिक संरचना मात्र विकास होइन — जीवनस्तरमा सुधार, स्वच्छ पानी, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभूत कुरा मुख्य हुनु पर्दैन ।
सरकारले बारम्बार पानीको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउने आश्वासन दिएको भए पनि अहिलेसम्म स्थानीय स्तरमा ठोस कार्यान्वयन देखिएको छैन। पानी जस्तो अत्यावश्यक सेवामा बजेट छैन’ भन्ने तर सुविधा सम्पन्न भवन निर्माणमा ठूलो लगानी हुनु प्रश्नको विषय बनेको युवा नेता सन्जु साह आफनो स्टेटसमा रखेका छन् ।
सहाले स्टेटस माफर्त भने जनता उठ्दैछन् — अब मौन बसिन्न स्थानीय अभियानकर्ताहरू अब जनस्तरबाट दबाब दिने तयारीमा छन्। “हामी शान्तिपूर्ण तर बलियो आवाज उठाउने छौं। पानी हाम्रो हक हो, यसलाई नजरअन्दाज गर्नु अमान्य छ,” एक अभियानकर्मीले भने। गाउँपालिकाले तत्काल स्वच्छ पिउने पानीको सुनिश्चितता गर्ने योजना ल्याउनुपर्ने आवाज तीव्र बन्दै गएको छ। नभए, उद्घाटनमूलक विकासमाथि जनताले प्रश्न गर्न मात्र होइन, आन्दोलन गर्न समेत पछि नहट्ने चेतावनी दिइरहेका छन्। “विकास देखाउने होइन, जनताको जीवन चलाउने हो।”विकासको पहिलो सर्त हो — पानी, र त्यो हरेक नेपालीको मौलिक अधिकार हो। भवन निर्माण होइन, जनताको बाँच्ने आधार सुनिश्चित गर्नु सरकारको नैतिक जिम्मेवारी हो।