Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मोहर्रम पर्व पुरानो बसपार्कमै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २१,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ।
मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम यस वर्ष पनि वीरगंजको पुरानो बसपार्कमै मनाउने सर्वदलीय निर्णय भएको छ। विभिन्न राजनीतिक दल र स्थानीय निकाय प्रतिनिधिहरूको सहभागितामा आज बसेको सर्वदलीय बैठकले प्रशासनसँग उक्त स्थानमै कार्यक्रम गर्न अनुमति दिन आग्रह गर्ने निर्णय गरेको हो।

यसअघि जिल्ला प्रशासन कार्यालयले पुरानो बसपार्कमा सुरक्षा चुनौती देखिएको भन्दै आदर्शनगरस्थित रंगशालामा मोहर्रम कार्यक्रम गर्न अनुमति उपलब्ध गराउन भन्दै पत्र काटेपछि स्थानको बारेमा अन्यौलता उत्पन्न गराएको थियो ।
सर्वदलीय बैठकले मोहर्रम धार्मिक पर्व विगत केही वर्षदेखि पुरानै बसपार्कमा निरन्तर हुँदै आएको र सो स्थानमा कार्यक्रम गर्न कुनै समस्या नरहेको भन्दै पूर्व निर्धारित निर्णयअनुसार बसपार्कमै कार्यक्रम गराउन स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय गर्‍यो ।

बैठकले आदर्शनगर रंगशाला खेलकुदका लागि तोकिएको स्थान रहेको र त्यहाँ धार्मिक वा अन्य कार्यक्रम नगरिएकाले त्यसलाई खेलकुद प्रयोजनकै लागि उपयोग गर्नुपर्नेमा बैठकले जोड दिएको थियो । खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै धार्मिक सहिष्णुता र परम्पराको सम्मानका लागि मोहर्रम कार्यक्रम बसपार्कमै गरिनुपर्ने बैठकमा सहभागिहरुले बताएका थिए ।

वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त सर्वदलीय बैठकमा नेपाली कांग्रेसका जिल्ला सचिव तथा महानगर उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका महानगर सभापति मणिन्द्रलाल नेपाली, नेकपा ९एस० का नेताहरू बालगोपाल थापा, मनोज कुमार चौधरी र वृजलाल पासवान, नेकपा ९एमाले० का जिल्ला सचिव महेश दास तथा महानगर उपाध्यक्ष रामकिशोर सिंह ९पराग०, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष विजय महतो, जनता समाजवादी पार्टीका नगर अध्यक्ष इश्वरचन्द्र यादव, जनमत पार्टीका नगर अध्यक्ष महादेव शर्मा, राप्रपाका जिल्ला सचिव पन्नालाल पटेल लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले मोहर्रमको सफल र शान्तिपूर्ण सम्पन्नताका लागि सबै पक्षले संयमता अपनाउनुपर्ने, समुदायबीच सम्वाद र समझदारी कायम गर्नुपर्ने तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ असार २१,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ असार २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद