Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिराभवानीमा बिना अनुमति काठसहित फर्निचर व्यवसायी पक्राउ, अनुसन्धान जारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २,सोमबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज – पर्साको जिराभवानी गाउँपालिका–१, बसन्तपुर क्षेत्रबाट एक फर्निचर व्यवसायीलाई बिना अनुमति पाँच गोलिया काठसहित पक्राउ गरिएको छ। जेठ २८ गते सोमबार सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा स्थानीय व्यवसायी मुकेश साह रहेका छन्। उनकाे घरमै सञ्चालन हुँदै आएको सानो फर्निचर उद्योगमा काठको ओसारपसार भइरहेका बेला प्रहरीको टोलीले छापा मारेको हो। वन ऐन अनुसार इजाजतबिना काठ ओसारपसार गर्न नपाइने नियम भए पनि यस्ता क्रियाकलाप स्थानीय क्षेत्रमा बेलाबेलामा देखिने गरेका छन्।

यस घटनापछि साहलाई छुटाउन केही पक्षबाट दबाब र आर्थिक चलखेल भइरहेको चर्चा चलिरहेका बेला, जिल्ला वन कार्यालय पर्साले घटनाबारे औपचारिक अनुसन्धान थालेको जनाएको छ।

जिल्ला वन अधिकृत (डीएफओ) मन्जुर अहमदले हाल अनुसन्धान प्रारम्भिक चरणमा रहेको र पूर्ण निष्कर्षमा पुगिनुअघि केही भन्न सकिने अवस्था नभएको बताए। उनले सत्यतथ्य पत्ता लगाउन कार्यालय कटिबद्ध रहेको उल्लेख गर्दै कानुनी प्रक्रिया अनुसार अघि बढाइने स्पष्ट पारे।

स्थानीय बासिन्दाहरूका अनुसार काठ तस्करी तथा अनियमित फर्निचर व्यापारजस्ता गतिविधिहरू नियन्त्रण गर्न आवश्यक निगरानी र सरोकारवाला निकायबीच समन्वय जरुरी देखिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ असार २,सोमबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद