Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

‘सांसदको कुरा नसुन्ने सरकारले हेलो सीएमबाट जनताको कुरा कसरी सुन्छ ?’ — सांसद कनिस पट्टेलको सरकारप्रति प्रहार

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम — एकीकृत समाजवादी पार्टीका सांसद कनिस पट्टेलले संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि बोल्दै कडा आलोचना गरेका छन्।

सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ‘सांसदको कुरा नसुन्ने सरकारले हेलो सीएम कार्यक्रमबाट जनताको समस्या कसरी सुन्छ?’ भन्दै सरकारप्रति गम्भीर प्रश्न उठाए।

‘संसद्मा माइक्रोफोन खोलेर हामीले बारम्बार “हेलो सरकार” भने पनि सरकार सुन्दैन भने, जनताले भनेको “हेलो सीएम” कसरी सुनिन्छ ?’ पट्टेलले आक्रोश पोखे।

उनले जनताको समस्या समाधानका लागि संसद्मा उठाइएका प्रश्नहरूप्रति सरकार गम्भीर नदेखिएको टिप्पणी गर्दै सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम केवल आकर्षक नारामात्र भएको बताए।

“सरकारको नीति फूलबुट्टाले सजाएको कपडाजस्तै मात्रै देखिन्छ, कामको प्रतिबद्धता छैन,” उनले भने।

मन्त्रीहरू नजिकका केही निर्वाचन क्षेत्रमा मात्रै योजना केन्द्रित गरिएको भन्दै उनले मन्त्रीमुखी योजना नबनाउन सरकारलाई सुझावसमेत दिए।

“१२ वटा निर्वाचन क्षेत्रभित्र मात्रै योजना सीमित गरियो भने बाँकी देशको विकास कसरी हुन्छ?” भन्दै उनले समान विकासको माग गरे।

सांसद पट्टेलको प्रश्न र आलोचना सँगै नीति तथा कार्यक्रमप्रति असन्तुष्टि झल्किएको छ भने सरकारप्रतिको जनप्रतिनिधिको आक्रोश सतहमा आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद