Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

९० प्रतिशत दलित बालबालिका आर्थिक विपन्नताका कारण स्कुल छाड्न बाध्य

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर २२,शनिबार
A A
3
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज । आर्थिक विपन्नताका कारण पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा रहेका दलितबस्तिका ९० प्रतिशत भन्दाबढि दलित बालबालिका विद्यालय छाड्न बाध्य भएका छन् ।

विद्यालय भर्ना समयमा भर्ना हुने र त्यसपछि कक्षा५ देखि ८ सम्म मात्र अध्ययन गरेपछि विद्यालयबाट बाहिरिने क्रम बढ्दो छ । यसो हुनुको मुख्य कारण गरिबी रहेको नेपाल राष्ट्रिय मावि, बर्वाछटैली पर्सागढीका प्रधानाध्यापक रामबहादुर क्षेत्रीले बताउनुभयो । पर्सागढी नगरपालिकाको १ देखि ९ वटा वडामा दलितबस्ती छन् र त्यहाँका ९० प्रतिशत बालबालिकाहरू विद्यालय जाँदैनन् ।

सुरुमा भर्ना हुने तथा धेरैजसो दुईरतीन कक्षामै पढाइ छाड्ने र केहीले मात्र कक्षा ५ देखि ८ सम्म अध्ययन गर्ने गरेको पाइएको छ । नगरपालिकामा चारवटा माध्यमिक विद्यालय रहेका छन् , जसमा एकजना पनि दलित विद्यार्थी छैनन् । नेपाल राष्ट्रिय मावि, बर्वाछटैलीका प्रधानाध्यापक रामबहादुर क्षेत्रीले आफ्नो विद्यालयमा कक्षा १० सम्म एकजना पनि दलित विद्यार्थी नरहेको बताउनुभयो ।

यसैगरी, नेरामावि, बडेर्वाका प्रअ चेतमनदास थारू, जनता मावि, पकडिया बडनियारका मोहन चौधरी र यसै वर्षदेखि माविमा स्तरवृद्धि भएको नेरामावि, बहुअर्वासिराका प्रअ रामाशीष यादवले पनि आफ्नो विद्यालयमा दलित विद्यार्थी नरहेको जानकारी दिनुभयो । पर्सागढी नपाका वडा नम्बर १ मनवा, २ बागवन्ना, ३ बडनिहार, झबराहा, ४ बकनेर्वा, ५ हर्दिया, ६ चैनपुर, ७ टिकुलिया, ८ हरपुर र ९ बडेर्वामा दलित समुदायका मुसहर, राम, पासवान, माझी, डोम जातिको बस्ती रहेको छ ।

बडेर्वाका रामजनम माझीले दलितहरूको नम्बरी जग्गा नभएको र आफूहरू सार्वजनिक ऐलानी जग्गामा बस्नुपरेको बताउनुभयो । आर्थिक विपन्नताका कारण बालबालिकाहरूलाई विद्यालय पठाउन नसकेको उहाँको भनाइ छ । १०–१२ वर्षको उमेरमा बालकहरू घर बाहिर ज्याला मजदुरीमा खट्ने गरेका र बालिकाहरू घर व्यवहारमा लाग्ने गरेका माझीले बताउनुभयो । विद्यालयमा टिकाउ नहुनुको कारण आर्थिक समस्या नै मुख्य रहेको उहाँले बताउनुभयो । परिवारका सदस्यहरूले नकमाएपछि खान पनि समस्या हुने गरेकोले बालबालिकालाई विद्यालय पठाउनुको साटो आय हुने अन्य काममा खटाउने गरेको गुनासो माझीको छ ।

पर्सागढी नगरपालिकाले दलितहरूको उत्थानको लागि खासै प्रभावकारी कदम नचालेको दलित समुदायको गुनासो छ ।
सभार रेडियो नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८१ मंसिर २२,शनिबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८१ मंसिर २२,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद