Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनमतका जिल्ला केन्द्रीय सदस्य र जिल्ला सचिवसहितका नेताहरू जसपामा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १०,सोमबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १० मङ्सिर । जनमत पार्टीका केन्द्रीय सचिव तथा पर्सा जिल्ला सह(इन्चार्ज र जिल्ला सचिव लगायत नेताहरू जनता समाजवादी पार्टी ९जसपा० मा प्रवेश गरेका छन् ।

आइतबार वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सह(इन्चार्ज मुकेश द्विवेदी र जिल्ला सचिव शशी पाण्डेसहितका नेताहरूले जसपामा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पार्टीमा स्वागत गरेका छन् ।

नवप्रवेशीहरूमा वीरगञ्ज महानगर कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशी भूषण शर्मा, छिपहरमाई गाउँपालिकाका पर्यवेक्षक राजु तिवारी, र वीरगञ्ज महानगरपालिका–१ का एकाइ सभापति चन्दन साह कानु पनि रहेका छन्।

पार्टी प्रवेशलाई ऐतिहासिक क्षण बताउँदै मन्त्री यादवले पार्टीको विचार र उद्देश्यलाई आत्मसात् गर्दै जसपा प्रवेश गरेकाहरूकी सहभागिताले सङ्गठन थप सुदृढ र प्रभावकारी बनेको बताए । ूयहाँहरूको अनुभव र प्रतिबद्धता पार्टीका सिद्धान्तलाई जनतासम्म पुर्‍याउन महत्त्वपूर्ण हुनेछ,ू उनले भने ।

जसपाको केन्द्रीय उपमहासचिव समेत रहेका मन्त्री यादवले जनताको भावनालाई सम्बोधन गर्न र समृद्ध नेपालको परिकल्पना साकार पार्न नवप्रवेशीहरूको सक्रियता अपेक्षित रहेको पनि बताए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नवप्रवेशी नेताहरूको आगमनले पार्टीलाई थप बलियो बनाएको बताए । ूजनताको समस्यालाई सम्बोधन गर्न र विकासको कार्यसूचीलाई तीव्र बनाउन तपाईँहरूको अनुभव र सक्रियता उपयोगी हुनेछ,” उनले भने ।

पार्टीका केन्द्रीय सदस्य मोहनलाल चौधरी र युवा नेता तबारेज अहमदले नवप्रवेशीहरूलाई स्वागत गर्दै, जसपाको संगठनात्मक विस्तारमा उनीहरूको योगदानले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

नवप्रवेश द्विवेदीले जनमत पार्टीभित्रको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आफूले पार्टी परित्याग गरेको बताए । “जनमत पार्टीभित्र अध्यक्ष डा। सिके राउतको एकलौटीपन र तानाशाही प्रवृत्तिले हामी निराश भयौँ। हाम्रो उद्देश्य जनताको भावना प्रतिनिधित्व गर्नु हो, जसका लागि जसपा उपयुक्त माध्यम हो,” उनले भने ।

त्यस्तै, जिल्ला सचिव शशी पाण्डेले भने, “हामी लोकतान्त्रिक मूल्यमान्यता, सामूहिक निर्णय प्रक्रिया र समावेशी संरचनालाई प्रोत्साहन गर्ने जसपाको नीति र विचारधाराबाट प्रभावित भएका छौँ। पर्सा जिल्लाको समृद्धि र जनताको हकहितका लागि हामीले यो निर्णय लिएका हौँ ।”

पर्सा जिल्लामा जसपाको गतिविधिलाई व्यापक बनाउन र जनतासँग प्रत्यक्ष रूपमा जोडिन नवप्रवेशीहरूको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । मन्त्री प्रदीप यादवको नेतृत्वमा जसपाले जनताको भरोसा जित्ने अभियानलाई अझै बलियो बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८१ मंसिर १०,सोमबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८१ मंसिर १०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद