Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

डुबान क्षेत्रको पानी निकासीको काम ,मेयर सिंहको पटक पटकको प्रयास पछि सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक १,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज
विवादका कारण १९ दिनदेखि डुबानमा परेको वीरगंजको सुगौलीविर्ता, हरपतगंज बहुअरीको पानी निकासको काम आज बाट सुरु भएको छ ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पटक पटकको प्रयास पछि आज बाट पानी निकासको काम सुरु भएको हो ।
बिहीबार बिहान महानगर प्रमुख सिंह सहित पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेल, ससस्त्र प्रहरीका प्रमुख राधेश्याम धिताल लगायतको टोलीले पानी निकासका लागि स्थलगत अनुगन गरेको थियो ।
त्यस क्षेत्रको पानी निकासका लागि पहिलेदेखि नै रहेको बन्द ह्युमपाइप खुलाउने र पुरिएर रहेको पहिलेको नहर पुनः चालु गराउने निष्कर्ष सहित महानगरपालिकाले दिउँसोबाट ३ वटा जेसीबी पठाएर पानी निकासको काम सुरु गरेको हो ।
२ दिन भित्रमा सबै पानी निकास भइसक्ने गरी बन्द रहेको ह्युमपाइप र नहर खोल्न जेसिबीले खन्ने काम गरिरहेको महानगर प्रमुख सिंहले जानकारी दिए ।
दुई दिनसम्म परेको अविरल वर्षाका कारण वीरगंज महानगरपालिकाको वडा नं. २०, २४ र २६ को अधिकांस क्षेत्र डुबानमा परेको थियो ।
तीनवटै वडाको पानीको निकास वडा नम्बर १७ अलौँस्थित आईसीपीचोकबाट हुने गरेको थियो । पहिलेदेखि बर्षाको पानी सो स्थानमा राखिएका दुईवटा ह्युमपाइपबाट निकास हुँदै आएकामा यसपटक ह्युमपाइप जाम भएकाले सुगौलीविर्ता, हरपतगन्ज र बहुअरी डुबानमा परेका थिए ।
गत असोज ११ र १२ मा परेको वर्षाको पानी १९ दिनसम्म निकास नपाउँदा त्यहाँ लगाइएको ५० औँ विघाभन्दा बढी धानबाली नष्ट हुने अवस्थामा पुगेको थियो ।
लामो समयदेखि पानी जम्दा उक्त वडामा दुर्गन्ध फैलिनुका साथै लामखुट्टेको बिगबिगी बढेको छ । केही दिन यही अवस्था कायम रहे डेंगी, इन्सेफ्लाइटिस तथा पानीजन्य रोगको संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।
विगतमा नहरको क्यानल र दुईवटा ह्युमपाइपबाट खेतको पानीलाई निकास दिने गरेकामा अहिले क्यानल पुरेर पक्की सडक निर्माण गर्नुका साथै र ह्युमपाइप जाम भएकाले वीरगन्ज वडा नम्बर २६ सुगौलीविर्ता, वडा २० हरपतगन्ज र वडा २४ बहुअरीको पानीले निकास पाउन सकेको थिएन ।
गत असोज १८ मा जेसीबीद्वारा ह्युमपाइपको जाम हटाएर पानीको निकास गराइएको थियो । तर, साझ वडा नं. १७ स्थित अलौँवासीले अर्काे वडाबाट आएको पानीले आफ्नो घर र खेत डुबानमा पारेको भन्दै ह्युमपाइप पुरिदिँदै पानी निकास ठप्प पारेका थिए । नगर प्रहरीको सहयोगमा वडा सदस्य आमोद यादवलगायतको टोलीले पुनः ह्युमपाइपको जाम खोल्न खोज्दा विवाद भएको थियो । अलौँ निवासी सुदर्शन लामिछानेले वडा सदस्य यादवलाई दुव्र्यहार गरेपछि कुटाकुटसमेत भएको थियो ।
तीन वटै वडाका स्थानीयको गुनासो आएपछि गत असोज २१ मा महानगर प्रमुख राजेशमान सिंह महानगरको प्राविधिक र नगर प्रहरी सहितको टोली लिएर निरीक्षणमा जाँदा समेत विवाद भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक १,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक १,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद