Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

सामाजिक मात्र नभई राष्ट्रिय महत्त्व बोकेको पर्व विजयादशमी हो : मन्त्री गुप्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन २६,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज , असोज २६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालीहरूको महान् पर्व विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुप्ताले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताए । “आनन्द, खुसी र एकताको यो पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै समाजमा नयाँ ऊर्जा तथा उत्साह सञ्चार गर्न सकोस्”, शुभकामना दिए ।

मन्त्री गुप्ताले आख्यानका आधारमा तिथि विशेषमा मनाइने हाम्रा प्रत्येक पर्व–त्योहार आफ्नो मान्यतामा अनौठो र मौलिक रहेका उल्लेख गरे। यस्ता पर्वले हाम्रा सांस्कृतिक परम्परालाई अक्षुण्ण राख्न सहयोग पुग्ने भन्दै उनले नेपालीका महत्त्वपूर्ण चाडपर्वमध्ये विजयादशमी पनि एक भएको उल्लेख गरे। “भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार दसैँ, बडादसैँ, दशहरा, दुर्गा पूजा, नवरात्रि आदि नामले समेत चिनिने यो महापर्व असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ ।

विजयादशमी सामाजिक मात्र नभई राष्ट्रिय महत्त्व बोकेको पर्व पनि हो । यसले कु प्रवृत्तिमाथि सद्वृत्तिको विजय, असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ”, मन्त्री गुप्ताले भनेका छन,“संसारमा अन्याय र अत्याचार गर्नेहरूको सधैँ पराजय हुने तथा न्यायकर्ता र सदाचारीको सधैँ विजय हुने शिक्षा पनि यसले दिन्छ । अत्याचारी जतिसुकै शक्तिशाली भए पनि अन्त्यमा उसको सर्वनाश निश्चित भएको सन्देश पनि दिन्छ ।”

उनले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउँदै सबैलाई मन–बचनबाट सुकर्म गर्न र कुविचार परित्याग गर्न सघाऊँ पुगोस् भनी कामनासमेत गरे। यस्तै, विजयादशमीले आपसी शत्रुता र कटुता बिर्सेर एकर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्दै परिवार र समाजमा एकता, प्रेम र सद्भावना बढाउनमा सहयोग पुग्ने र सामाजिक सम्बन्धलाई बलियो र एकताको भावना अभिवृद्धि गर्नमा सघाउने मन्त्री गुप्ताको विश्वास छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आयोजित कार्यक्रममा समाज कल्याण मन्त्री प्रमोद जैसवाल , सखुवा प्रसौनी गाउँपालिकाका प्रथम गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल , पकाहा मैनपुर गाउँपालिकाका प्रथम अध्यक्ष विजय चौरसिया लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८१ आश्विन २६,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८१ आश्विन २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद