Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गुणस्तरीय पानी आपूर्तिलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन ५,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

सिमरा, ३ असोज : खानेपानी मन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मत सम्भार र सुधारका कार्यहरुलाई तीव्रता दिएको बताउनुभएको छ ।
आज बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित “सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति” को २२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै मन्त्री यादवले संस्थाको महत्त्वपूर्ण भूमिका र योगदानको प्रशंसा गर्नु हुँदै मन्त्रालयले मधेस प्रदेशका विभिन्न क्षेत्रमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा जुटेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सफा, सुरक्षित, र गुणस्तरीय पानीको पहुँच प्रत्येक नागरिकको मौलिक अधिकार हो । मधेसमा पानीको अभावले ठूलो चुनौती खडा गरेको छ । हामीले दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउनुपर्छ र सामुदायिक सहभागिता अपरिहार्य छ ।”

मन्त्री यादवले मधेसमा झन्डै ८० प्रतिशत घरधुरीमा चापाकलहरू सुकेका कारण पानीको गम्भीर अभाव भएको उल्लेख गर्नुहुँदै खानेपानी मन्त्रालयले यस समस्याको समाधानका लागि समुदायसँग सहकार्य गर्दै सेवा विस्तार र मर्मत सम्भारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले थप्नुभयो, “सुनकोसी–मरिन डाइभर्जन परियोजनामार्फत मधेसको पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ, यसले सिँचाइ मात्र होइन, खानेपानी आपूर्तिमा पनि योगदान पुर्‍याउनेछ ।”

उपभोक्ता समितिहरुसँगको सहकार्यलाई प्रभावकारी बनाउन ४२ हजारभन्दा बढी उपभोक्ता समितिहरूसँग सहकार्य गरेर पानीको सङ्कट समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै उहाँले सिमरा खानेपानी समितिको मागअनुसार नयाँ ट्याङ्की निर्माण र डिप ट्युबवेल जडानका योजनाहरू प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वच्छ पानीको आपूर्ति सुनिश्चित गर्न नेपालका हिमाली स्रोतहरुको उचित उपयोगमा जोड दिँदै मन्त्री यादवले भन्नुभयो, “नेपालका हिमालहरूको पानीलाई विश्वभर वितरण गर्ने योजना अगाडि बढाउँदै छौँ, जसले देशको आर्थिक समृद्धिमा योगदान गर्नेछ ।” यस अवसरमा सहभागी वक्ताहरुले सिमरा खानेपानी समितिको प्रयासको प्रशंसा गर्दै, सरकार र उपभोक्ता समितिहरूबिचको सहकार्यलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा समितिका अध्यक्ष कासिम हुसेनको सभापतित्वमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा मधेस प्रदेशकी सांसद मञ्जु थापा मगरलगायतको उपस्थिति थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ आश्विन ५,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ आश्विन ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद