Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र २३,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

साक्षरता दिवसको यस विशेष अवसरमा, म सम्पूर्ण जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । साक्षरता अक्षरको मात्रको ज्ञान नभएर समाजमा चेतना, आत्मविश्वास, र व्यक्तित्वको विकास गर्ने आधार हो । एक साक्षर व्यक्ति मात्र समाजको समुचित विकासमा सहायक सिद्ध हुन्छ । मधेश प्रदेश सरकारले मुख्यमन्त्री साक्षरता अभियान सञ्चालनमा ल्याएको छ । यस अभियानबाट मधेश प्रदेशका सबै नागरिकलाई साक्षर बनाउने उद्देश्य लिइएको छ । तसर्थ हामी सबैले शिक्षाको महत्त्व बुझेर प्रत्येक नागरिकलाई साक्षर बनाउन कटिबद्ध हुनु जरुरी छ ।

मधेशमा साक्षरताको अवस्था विगतका वर्षहरूमा केही सुधार भए तापनि अझै चुनौतिपूर्ण छ । मधेश प्रदेशका कुनै पनि जिल्ला हालसम्म साक्षर घोषणा हुन सकेका छैनन् । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय निकायहरूद्वारा साक्षरताको स्तर उकास्न विभिन्न प्रयासहरू भइरहेका छन्, तर आर्थिक, सामाजिक, र सांस्कृतिक कारणहरूले गर्दा मधेशमा साक्षरता बढाउने काम अपेक्षाकृत चुनौतिपूर्ण नै देखिएको छ ।
कम साक्षरता दर मधेश प्रदेशको प्रमुख चुनौति छ । ग्रामीण क्षेत्र र सीमित शैक्षिक पहुँच भएका मधेशी समुदायहरूमा अझै पनि साक्षरता दर राष्ट्रिय औसतभन्दा तल छ । विशेष गरी महिलाहरू र पिछडिएका जातीय समूहमा यो समस्या तीव्र छ ।

प्रदेशमा लैंगिक असमानता पनि अर्को समस्या हो । मधेशमा महिला साक्षरता पुरुषको तुलनामा कम छ । परम्परागत सामाजिक संरचना, बालविवाह, र महिलाहरूको शिक्षामा कम प्राथमिकताजस्ता कारणहरूले महिलाहरूको साक्षरता दरमा ठूलो असमानता छ ।

साक्षरतालाई प्रभावित गर्नेमा गरिबी र रोजगारजस्ता चुनौति पनि छन् । बाल्यकालमै काम गर्नुपर्ने बाध्यताले पनि बालबालिकाहरूको शिक्षामा अवरोध उत्पन्न गरेको छ । धेरैजसो बालबालिका पढ्नभन्दा काममा लाग्न बाध्य छन्, जसले गर्दा साक्षरता दरमा प्रतिकूल असर परेको छ ।

शिक्षामा पहुँच र अवसरको कम वितरण, मधेशी भाषाको शिक्षामा कमी, र स्थानीय समुदायमा शिक्षासम्बन्धी चेतनाको अभावले पनि साक्षरता अभियानमा चुनौतिहरू थपिएका छन् ।

प्रदेश सरकार साक्षरता अभिवृद्धिका लागि निरन्तर प्रयासरत छ र हामी प्रत्येक नागरिकलाई शिक्षित बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौ ं। आउनुहोस्, यस अवसरमा हामी सबैले शिक्षालाई समाजको प्राथमिक अधिकारका रूपमा सुनिश्चित गर्दै अगाडि बढौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ भाद्र २३,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ भाद्र २३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद