Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महिला हिंसाको घट्ना झन बढ्दै,मधेस प्रदेश पहिलो नम्बरमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ १०,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । महिला हिंसा घट्नुको साटो झनझन बढ्दै गएको वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । दलित महिला केन्द्र नेपालले वीरगञ्जमा आयोजना गरेको ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्नका लागि अन्तरपार्टी महिला सञ्जालको भूमिका’ विषयक कार्यशालाका सहभागीहरुले हिंसा बढ्दै गएको बताएका हुन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मीला बिष्ट अहिले पनि हिंसाका बारेमा सचेतना नभएको बताउँछिन् । उनले भनिन्, ‘हामीलाई हिंसा के हो भन्ने पनि थाहा छैन, श्रीमानबाट कुटिनु वा गाली खानु सामान्य जस्तै लाग्छ र सहेरै बस्छन् ।’ श्रीमानले कुट्नु वा घरायसी काममा लादेर श्रीमतीलाई नियन्त्रणमा राख्नु हिंसा हो भन्ने समेत थाहा नभएको उनको भनाई छ ।

ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीकाअनुसार पर्साका अन्य स्थानीय तहको तुलनामा ठोरीमा हिंसा सम्बन्धी घटना कम हुने गरेका छन् । अधिवक्ता चन्द्रिका प्रसाद पटेलले अदालतमा आउने हिंसाका घटनामा कमी नआएको तर्क गर्छन् । उनकाअनुसार हिंसा सम्बन्धी घटनाका उजुरी पहिलेको तुलनामा झनै बृद्धि भएका छन् ।

नेपाली कांग्रेसकी नेतृ एवम् अन्तर पार्टी महिला सञ्जाल मधेश प्रदेशकी कोषाध्यक्ष किरण सरकारले राजनीतिमा पनि महिलाहरु हिंसामा पर्ने गरेको बताइन् । नीति निर्माण गर्ने तहमै महिलालाई हिंसा हुने भएपछि अरु ठाउँमा नहुने कल्पना पनि गर्न नसकिने उनको बुझाई छ ।
व्यवसायीक क्षेत्रमा महिलाले काम गर्न खोज्दा पनि पितृसत्ताले जगडीएको समाजले नपत्याउने नेपाल ब्युटिसियन संघकी केन्द्रीय कोषाध्यक्ष उर्मिला थापाले बताइन् । हिंसाको प्रतिकार गर्न तथा आवाज उठाउनका लागि महिला सशक्तीकरण हुनुपर्नेमा पूर्व मन्त्री करिमा बेगमको जोड दिइन् ।

नारायणी अस्पतालकी नर्सिङ् निरीक्षक हेमा थापाले समाजमा अझै पनि सचेतनाको कमी भएको प्रति चिन्ता व्यक्त गरिन् । विद्यालय तहमा पनि हिंसा तथा प्रजनन स्वास्थ्य सम्बन्धी पठनपाठन प्रभावकारी रुपमा नहुने गरेकोमा उनको आपत्ती छ । नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० की प्रमुख समेत रहेकी थापाकाअनुसार ओसीएमसीमा आउने हिंसाको संख्या पनि बढ्दो क्रममा छ । ११ देखि १८ वर्ष उमेर समूहका किशोरीहरुमाथि हुने हिंसाको संख्या अरुको तुलनामा बढी रहेको थापाले बताइन् ।

प्रेम सम्बन्धका कारण किशोरीहरु हिंसामा पर्ने गरेको उनको भनाई छ । ओसीएमसीले हिंसामा परेकाहरुको निःशुल्क उपचारसँगै परामर्श, मनोचिकित्सक, सबुत संकलनदेखि प्रहरी प्रशासनमा उजुरी तथा कानुनी प्रक्रियामा पनि सघाउने थापाले जानकारी दिइन् । हिंसा पिडितलाई राख्नका लागि सुरक्षित आवास गृहको अभावमा समस्या भइरहेको उनको भनाई छ । आवास गृह निर्माणका लागि सबै स्थानीय तहले सहयोग गर्न पनि उनले अनुरोध गरिन् । साथै उनले असुरक्षित तवरले हुने गर्भपतनलाई कम गर्न पनि सरोकारवालाको ध्यानाकर्षण गराइन् ।

मधेश प्रदेशकी प्रदेश सभा सदस्य बिना शर्माले हिंसा न्युनिकरणका लागि हातेमालो गर्नुपर्ने आवश्यक्ता औँल्याइन् । आफुआफुमा लडेर अधिकार प्राप्ती नहुने उनको धारणा छ । हक र अधिकारका लागि संगठीत भएर लडाई लड्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यशालामा अधिकारकर्मी एवम् महिला विज्ञ सरु जोशी श्रेष्ठले हिंसाका प्रकारसँगै हाम्रो समाजमा देखिने हिंसाका प्रकृती र हिंसा न्यूनिकरणका लागि अपनाउनुपर्ने सावधानका बारेमा प्रशिक्षण दिएकी थिइन् । औपचारिक रुपमा मात्रै समानता नभएर परिणाममुखी समानताको खाँचो रहेको उनको भनाई छ । संरचनागत हुने हिंसा तथा स्वरुप फेरिएर अदृश्य रुपमा हुने हिंसा शैक्षिक जमातबाटै हुने गरेकोमा उनले चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा दलित महिला केन्द्रकी उपाध्यक्ष एवम् पूर्व प्रतिनीधि सभा सदस्य दुलारी हरिजनले हिंसा न्यूनिकरणका लागि केन्द्रले कार्यक्रम गर्दै आएको बताइन् । कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्दै उनले मधेश प्रदेशका पर्सा, बारा र सिराहा जिल्लामा ‘महिला तथा किशोरी माथि हुने हिंसा विरुद्ध लडाई’ परियोजना सञ्चालन भइरहेको जानकारी गराइन् । यस परियोजनाबाट तीन वर्षमा २ सय भन्दा बढीलाई हिंसा र हिंसाबाट जोगिने उपायका बारेमा सचेत बनाइएको उनको दाबी छ ।

महिला तथा बालिकामाथि हुने मात्रै नभएर यौनिक तथा लैंगिक अल्पसंख्यक एवम् सामाजिक कुरिती तथा विभेदका विरुद्ध केन्द्रले काम गर्दै आएको दलित महिला केन्द्रकी अध्यक्ष लक्ष्मी परियारले बताइन् । सहेर बस्दा झनै हिंसा हुने हुँदा आवाज उठाउनुपर्ने आवश्यक्ता उनले औँल्याइन् । पूर्व सांसदसमेत रहेकी परियारकाअनुसार हाम्रो देश हिंसा विरुद्ध कानुन निर्माणमा उत्कृष्ट भएपनि कार्यन्वयनको मामिलामा कमजोर छ । तसर्थ कार्यन्वयन गर्ने निकायलाई खबरदारी गर्नुपर्ने र हिंसालाई अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।

पर्सा जिल्लाको ठोरी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा परियोजना सञ्चालन भइरहेको पर्साकी परियोजना प्रमुख निला रामले बताइन् । यस परियोजनाबाट किशोरी र महिलालाई हिंसाका बारेमा सचेत बनाउनेदेखि सशक्तीकरण गराउने खालका कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।

दलित महिला केन्द्रकी कार्यक्रम संयोजक सजना तोलुङ्गेकाअनुसार यही कार्यशाला बारामा बुधवार सम्पन्न भइसकेको छ । पर्सा लगत्तै सिराहामा पनि कार्यशालाको आयोजना गरिने उनले जानकारी दिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ जेष्ठ १०,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ जेष्ठ १०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद