Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा सरकारी विद्यालयहरुमा शिक्षकको माग गर्दै आन्दोलन सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २३,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२३ बैशाख । मधेसका सामुदायिक विद्यालयमा सरकारले गरिरहेको विभेद अन्त्यको माग गर्दै बारामा आम जनता पार्टी ९आजपा०ले आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ । बारा, पर्सा सहित मधेसका जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपतमा शिक्षकको दरबन्दी कायम गर्न माग गर्दै पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो ।

आन्दोलनको पहिलो दिन आइतबार बाराको कलैयामा आम जनता पार्टीका नेता–कार्यकर्ताले प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत संघ र प्रदेश सरकारलाई ज्ञापनपत्रपनि बुझाएको आम जनता पार्टीका केन्द्रीय सचिव एवं मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए ।

पहाड र मधेसको तुलना गर्दा मधेसका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी र पदपूर्ती असमान रहेको र यसले मधेसको शिक्षा धराशायी हुदै गएकाले पार्टीले आन्द्योलन थालेको कुशवाहाले बताए । दुवै तहका सरकारलाई बुझाइएको ज्ञापनपत्रमा शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्नुपर्ने , विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको दरबन्दी कायम गरी पदपूर्ती गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको उनले बताए ।

यीनै माग राखेर आइतबारदेखि चरणबद्ध आन्दोलन थालिएको भन्दै कुशवाहाले बैशाख २५देखि ३० गतेसम्म मधेसका हरेक जिल्लामा संघर्ष समिति गठन गर्ने , बैशाख ३० गते विद्यार्थी र अभिभावकसंग अन्तरकृया गर्ने , जेठ १५ गते शिक्षा समन्वय ईकाई समितिको कार्यालय घेराउ गर्ने र जेठ २० गते शिक्षा विभाग घेराउ गर्ने लगायतका कार्यक्रम रहेको जानकारी दिए ।

आइतबार कलैयामा गरिएको प्रदर्शन र ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक लामा, केन्द्रीय महासचिव त्रिभुवन साह, केन्द्रीय सचिव एंव मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा, विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साह, आम जनसांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष विजय यादव लगायतको सहभागिता रहेको थियो । सभार भधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८१ बैशाख २३,आईतवार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८१ बैशाख २३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद