Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सूचना प्रविधि विकासमा सरकार प्रतिबद्ध – प्रधानमन्त्री प्रचण्ड

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्न सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्न लागेको बताउनुभएको छ ।

सातौँ सूचना प्रविधि दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कोषका निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अगाडि बढाइसकेको र कोषबाट सम्पादन गरिने कामले सूचना र प्रविधिको क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

पहिलोचोटी सरकारले नव प्रवर्द्धन कोषमा पुँजीगत बजेटको एक प्रतिशत छुट्ट्याउन लागेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले यसबाट युवा पुस्तामा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै नागरिकमा सूचनाको पहुँच पुगिसकेको भन्नुहुँदै यसको प्रयोग सुरक्षित बनाउन सरकारले सचेतना अभियान चलाउने बताउनुभयो ।

मन्त्री शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको अभियानमा सूचना प्रविधि महत्वपूर्ण आधार हुने हुँदा यस क्षेत्रमा सरकारी र निजी क्षेत्रको लगानी वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पछिल्लो समय सूचना र प्रविधिको प्रयोग अनिवार्यजस्तै भइसकेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधिको विकास र विस्तारमा निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो ।

यस अवसरमा सूचना प्रविधिको विकासमा योगदान पुर्याएको भन्दै नेस्नल आइसिटी अवार्ड एक्सिलेन्टबाट शैलेन्द्र गिरी र नेस्नल आइसिटी अवार्ड एक्सिलेन्ट महिलातर्फ लेना केशरी कंशाकारलाई रु एक लाख नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा सूचना र प्रविधिको विकास र विस्तारमा योगदान पुर्‍याउने विभिन्न सरकारी तथा नीजि क्षेत्रका सङ्घसंस्थालाई पनि सम्मान गरिएको थियो । सभार रेडियो नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद