Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

राजेश भेटवालले गरे २ लाख ५५ हजार रुपैयाँ तरुणको भवन निर्माणका लागि सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १९,बुधबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

अनिल कुमार साह ,परवानीपुर
हेटौडा – नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि भेटवालले २ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको आफ्नै भवन निर्माण गर्ने निर्णय अनुसार राजनीतिसंगै सामाजिक काममा पनि सक्रिय भवन निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् । उनले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक समेत गरेका छन् ।

तरुण दलको अभिभावकले लिएको भवन निर्माणको जिम्मेवारीमा सहभागि हुन पाउँदा खुसी व्यक्त गरे । तरुण दलका अभिभावक गुरुङले लिएको अठोट र विश्वासमा एक सिपाही तथा संस्थागत राजनीतिलाई शिरोपर गरेर अघि बढ्ने उनले बताए । सोही अनुसार अध्यक्ष गुरुङले चलाएको अभियानमा आफ्नो दायित्व बोध सहित जोडिएको उनले बताए । आवश्यक परे वा दलले जिम्मेवारी दिएको खण्डमा आफ्नो भुमिकालाई सशक्त बनाउने तयार रहेको बताए । भवन निर्माणमा दलले चाहे थप जिम्मेवारी वहन गर्ने तयार रहेको उनको भनाई छ ।

मकवानपुरबाट तरुण दलको केन्द्रीय सदस्य रहेका भेटवाल युवाहरु माझ लोकप्रिय नेताका रुपमा रहेका छन् । सामाजिक उत्तरदायित्व ग्रहणमा अग्रणि भुमिका निर्वाह गर्दै आएका भेटवालले मकवानपुरको समग्र विकास निर्माण तथा उद्यमशिलता समेत भुमिका खेल्दै आएका छन् । विपद्का समयमा अग्र भागमा रहेर काम गर्ने भेटवाल कोभिड–१९ को महामारीमा समेत मकवानपुरका नागरिकहरुको सहयात्री बनेका थिए ।
कोभिड–१९ महामारीका कारण निम्तिएको विषम् परिस्थितीका वाबजुद पनि भेटवालले समस्यामा परेका नागरिकहरुको सेवामा कुनै कसर बाँकी राखेन्न् । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा खाद्यान्न र नगद २ लाख रुपैयाँ सहयोग लिएर पुगेका भेटवालले सो समयमा समस्यामा परेका नागरिकलाई लक्षित गरी मकवानपुरगढी गाउँपालिकामा पनि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

कोभिड–१९ को असरमा परेका बटुवालाई समेत नीजि गाडीमा गन्तव्य सम्मको यात्रा गराउन उनको भुमिका रहेको थियो । कोभिड–१९ माहामारीको समयमा देश लकडाउनमा रहदाँ भेटवाल आफ्नै गाडीमा हेटौंडाको राप्ती पुलबाट लोथरसम्म समस्यामा परेका बटुवालाई ओसारपसार गरेका थिए ।
करिव २ दशक देखि मकवानपुरमा सामाजिक र राजनीतिक रुपमा क्रियाशिल रहेका भेटवाल विपद्मा मात्र नभइ असाहय र गरिव जेहेन्दार विद्यार्थिको अभिभावकत्व ग्रहणमा पनि अग्रसर छन् । उनको नेतृत्व र लगानीमा विद्यार्थिहरुले शिक्षा लिने अवसर पाएका छन् । तरुण दलको गत चैत १५ र १६ गते केन्द्रिय समितिको बैठकले भवन निर्माण सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । सोही अनुसार काठमाडौंको रवी भवनमा करिव २ रोपनीमा क्षेत्रफलको जग्गामा नेपाल तरुण दलले भवन निर्माण गर्नेछ ।

आफ्नै केन्द्रीय सदस्यहरुबाट रकम संकलन गरी भवन निर्माण गरिने अभियान अध्यक्ष गुरुङले चलिरहेको छन् । करिव ३ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन निर्माणका लागि हालसम्म तरुण दल केन्द्रीय सदस्यहरुबाट ६८ लाख ७२ हजार रुपैयाँ रकम संकलन भएको अध्यक्ष गुरुङले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८१ बैशाख १९,बुधबार
चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८१ बैशाख १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद