Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वरिष्ठ उपाध्यक्ष पोखरेल –एमाले सरकार परिवर्तनको पक्षमा छैन

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, वैशाख १८ गते । नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

मङ्गलबार बिहान प्रेस चौतारी पर्साले वीरगञ्जको होटेल भिस्वामा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेको उद्देश्य यस अघिको अपवित्र गठबन्धन भत्काउने रहेको र त्यसमा सफल भइसकेकाले नयाँ बनेको समीकरण तोड्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

राष्ट्र, राष्ट्रियताका पक्षमा सदा खडा रहने एमालेमा जनताको आस्था र विश्वास रहेको अहिले भर्खरै सम्पन्न उपनिर्वाचनले स्पष्ट पारेको टिप्पणी गर्नुहुँदै उहाँले एमाले अस्थिरताको राजनीतिलाई स्थिर बनाउनेतिर लागिपरेको जिकिर गर्नुभयो ।

‘‘जनताको विश्वास जितेर मुलुकलाई सही दिशा दिएर एमाले राष्ट्रकै सही ढङ्गबाट नेतृत्व गर्न चाहन्छौं ।” उहाँले भन्नुभयो, ‘‘उद्योग, उर्जा, कृषि, पर्यटन र पूर्वाधारलाई कसरी विकास गरेर लैजानुपर्छ भन्नेमा राष्ट्रिय स्वतन्त्रता र स्वाधिनताको साथ एमाले अगाडि बढ्ने दाबी गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले बाहिर चलेको कुरा जस्तो वर्तमान सरकार फेरबदल हुने निराधार रहेको प्रष्टयाए । उनले भने,‘यसअघिको गठबन्धन हामीले तोडेका हौं, योजना बनाएर फुटाएका हौं । त्यो गठबन्धनबाट देश पछाडि धकेलिरहेको थियो, अनुचित गठबन्धन थियो । त्यसकारण हामीले फटाएका चाहि हौं ।’
तर सरकार फेरबदल नभएपनि मुलुकका मेजर पार्टीहरु एउटा अन्डरस्ट्यान्डिङमा जानुपर्ने उनको सुझाव छ । कसैले एक्लै पारेर देशको समृद्धि नहुने भएकोले मेजर पार्टीहरु एक ठाउँमा उभिन जरुरी रहेको उनको भनाइ छ ।
यसरी देश समृद्धिको सवालमा एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्ने उनी बताउँछन् । उनका अनुसार एमालेले नेतृत्व गरेमा धेरै विषयामा मुलुकले गति पाउनेछ । किनभने एमालेले त्यहीँ अनुसार रणनीति बनाएर सरकार चलाउने गरेको उनको भनाइ छ ।
उनी भन्छन्,‘ हाम्रो पार्टीले नेतृत्व गरेमा आर्थिक विकासका समृद्धितर्फ ठोस योजनाका साथ अगाडि बढ्छ, राष्ट्रिय स्वभिमान र स्वतन्त्रताको विषयमा अगाडि बढ्छ । सामाजिक सदभाव कायम गर्ने सन्दर्भमा एमाले ठोस ढंगले जान्छ, देश बनाउने सपनाहरुलाई जागृत गर्ने सवालमा एमाले छलाङ् मार्न सक्छ ।’ कृषि, पयर्टन, उर्जासहित आर्थिक क्षेत्रलाई कसरी मजबुत बनाउन सकिन्छ, त्यो एमालेले जान्दछ,’ उनले भने ।
उनका अनुसार एमाले यी विषयहरुमा नीतिगतरुपमा प्रष्ट र योजनागतरुपमा प्रतिबद्ध छ । अर्को कुरा जनताले पनि एमालेप्रति विश्वास गरिरहेको हुनाले मुलुक निर्माणका लागि एमालेको नेतृत्वको अपरिहार्य रहेको उनको धारणा छ ।त्यसैले जनताको विश्वास जितेर हामीले मुलुकको सही ढंगले नेतृत्व गर्न चाहिरहेको उनको प्रष्टोक्ति छ । नयाँ समीकरणबाट बनेको सरकारमा आन्तरिक त्यस्तो कुनै पनि खटपट नरहेकोले सरकार परिवर्तनको विषय आइ नपरेको उनले जनाए ।
एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरामा कुनै दम नरहेको उनको भनाइ छ । उनका अनुसार तर यसो भनिरहँदा त्यसको अर्थ यो होइन कि कुनै एक पार्टीले अलग्याएर हमला गर्नु होइन ।
उनी भन्छन्,‘देशका मेजर पार्टीहरुबीच एउटा अन्डरस्ट्यान्डिङ हुनुपर्छ, सबैलाई समेट्नुपर्छ । यो अन्डरस्टाडिन्ङ् गराउनमा हाम्रो भूमिका र पहल दुइवटै हुनु पर्छ । ताकी देश समृद्धि अगाडि बढोस ।’
गृहमन्त्री रवी लामिछानेको विवाद बारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘ म मात्रै होइन हाम्रो पाटीले यदि ऊ दोषी छ भने त्यसको सत्यतथ्य अनुसन्धान गरेर कानुनी प्रक्रिया अगाडि बढाउन भनिरहेकै छ, त्यसमा हाम्रो कुनै रोकावट हुँदैन् । तर छानविन समिति अहिलेको आवश्यकता हो या होइन बुझ्न जरुरी छ, त्यही आधारलाई मूल्यांकलन गरेर हामी आफ्नो धारणा पनि दिइरहेका छौं ।’
पत्रकार सम्मेलनमा एमालेका सचिव योगेश भट्टराइ, एमाले नेता अच्युत मैनाली, सांसद राजकुमार गुप्ता लगायतको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद