Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

उद्योगका लागि समस्याका सत्ता गठबन्धन र कर्मचारी परिवर्तनसँगै नीति फेरिँदा – द्विवेदी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २४,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — उद्योग स्थापनाका लागि समस्याका रूपमा सत्ता गठबन्धन परिवर्तन र कर्मचारी सरुवासँगै नीति परिवर्तन हुने भएकाले उद्योगी समस्यामा रहेको प्राध्यापक सुष्मा तिवारी द्विवेदीले बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको शनिबार वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको पहिलो सत्रमा प्राध्यापक द्विवेदीले उद्योग स्थापना गर्न र अर्थतन्त्र उकास्नका लागि सरकारी नीति स्थिर बन्नुपर्ने बताइन् ।

उद्योग र व्यापार, खोई पूर्वाधार रु’ विषयमा बोल्दै प्राध्यापक द्विवेदीले उद्योगीहरूले नीतिमा स्थिरता र कार्यान्वयनमा प्रभावकारिता खोजिरहेको बताइन् । ुजति पनि नीति छन् सबैकहाँ पुग्नको लागि संस्थागत भ्रष्टाचार छ । नीति र संविधान राम्रो छ तर जब कार्यान्वयनको पाटो आउँछ संस्थागत भ्रष्टाचार र सोर्सफोर्सका कारणले, नेतृत्व गर्नेमा त्रुटि कमजोरी भएकै कारणले कार्यान्वयन हुन सकेको छैन, उनले भनिन्, ुसरकारपिच्छे नीतिमा फरक पर्ने भएकाले समस्या हुन लागेको छ । कर्मचारी र सरकार फेरिनेबित्तिकै नीति परिवर्तन हुन्छ ।ु

बैंकहरूबाट ऋण लिँदा ब्याज कहिले कति परिवर्तन हुने हो भन्ने अनिश्चित भएकाले समस्या रहेको द्विवेदीको थियो ।

संविधानमा गरिएको व्यवस्थाका कारणले पनि उद्योगीहरूमा लगानी गर्न समस्या भएको हो कि भन्ने द्विवेदीको भनाइ छ । उनले संविधानमा लेखिएको समाजवाद उन्मुखु शब्दले समस्या सिर्जना गरेको हो कि भन्ने आफूलाई लागेको उनले बताइन् । हाम्रो देश समाजवाद उन्मुख समाज हो भनिएको छ । यसले गर्दा कतै न कतै पुँजीपतिमा उद्योग निर्माण गर्न भित्रभित्र डर छ कि १ हामीले लगानी यति लगाउँदै छौं, यसको प्रतिफल बिस्तारै सरकारले नै जफत गर्ने हो कि भन्ने डर छ, उनले भनिन् ।

उद्योग स्थापनाका लागि सरकारले छुट्याउने रकमको सही सदुपयोग नभइरहेको पनि द्विवेदीले बताइन् । उनले निर्णमा क्षेत्र पनि सरकारी कामकारबाहीको मारमा परेको धारणा राखिन् । एकातिर अर्थमन्त्रालयले बजेट खर्च नभएको र विकासमा समस्या रहेको भन्ने अर्कोतिर निर्माण सम्पन्न भएका आयोजनाको पनि रकम निकासा नहुँदा समस्या रहेको उनको भनाइ थियो ।

उद्योगीहरूलाई निरुत्साहित गर्ने नीति परिवर्तन गर्नुपर्ने, महिला उद्यमीलाई सहज रूपमा उद्योग दर्ता र ऋण उपलब्ध गराउने र उनीहरूले गरेका उत्पादनको बजारीकरणमा सरकारले नै अग्रसरता लिनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै नेपालको श्रमशक्तिको सही सदुपयोग स्वदेशमा नै गर्नुपर्ने द्विवेदीले बताइन् । उनले ठूलो संख्यामा क्रियाशील श्रमशक्ति रहेको उल्लेख गर्दै त्यसको सदुपयोग गर्नका लागि सरकारले नीति तथा योजना अगाडि सार्नुपर्ने बताइन् ।साभार – इकान्तिपुरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८० चैत्र २४,शनिबार
चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८० चैत्र २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद