Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

नेपाल सुनचाँदी व्यवसायि महासंघ मधेश प्रदेशको सचिव र कोषाध्यक्षमा निर्वाचत अनिल र बिजयको वीरगंजमा भव्य स्वागत र सम्मान,

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ५,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नेपाल सुनचाँदी व्यवसायि महासंघ मधेश प्रदेशको सचिव र कोषाध्यक्षमा निर्वाचित भएका पदाधिकारीहरुलाई आज वीरगंजमा भव्य स्वागत र सम्मानित गरिएको छ । चैत्र ३ गते जनकपुरमा सम्पन्न तेस्रो अधिवेशनबाट मधेश प्रदेशको सचिवमा निर्वाचित भएका पर्साका अनिल कुमार सर्राफ र कोषाध्यक्षमा निर्वाचित भएका पर्साकै बिजय सर्राफलाई भव्य स्वागत र सम्मानित गरिएको हो । निर्वाचतद्वव सचिव र कोषाध्यक्षलाई नेपाल सुनचाँदी व्यवसायि महासंघ पर्साका अध्यक्ष भुलन सर्राफ, उपाध्यक्ष मनोज कुमार सर्राफ,सदस्य बिकाश कुमार सर्राफ,मनोज साह सोनार लगायतकाले फुलमाला र गम्छा ओढाई सम्मानित गरेका थिए । नवनिर्वाचित सचिव र कोषाध्यक्ष पर्सा जिल्लाको पनि सचिव र कोषाध्यक्ष हुन । निर्वाचित सचिव अनिल कुमार सर्राफले आफनो तिन बर्षे कार्यकालमा मधेश प्रदेशका ८ जिल्लाको सुन चाँदी व्यवसायिहरुको समस्या समाधान संगसंगै व्यवसायिहरुको हकहितको लागि काम गर्ने बताए ।
यसैगरि कोषाध्यक्ष बिजय सर्राफले ८ जिल्लामा अनलाईन प्रणालीलाई थप व्यवस्थित बनाउने र सुन व्यवसायिले भोग्दै आएको समस्या समाधान गर्ने दावी गरे । चैत्र ३ गते जनकपुरमा सम्पन्न अधिवेशनले रामजी साह सोनारको अध्यक्षतामा १० सदसिय कार्य समिती गठन गरेको छ । निर्वाचित सचिव र कोषाध्यक्षले वीरगंजमा रहेका सम्पुर्ण सुन पसल र कारिगरहरुलाई मिठाई समेत बाँडेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र ५,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र ५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद