Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साउथ जोन माद्यामिक विद्यालयले १५ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन ६,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले शिक्षाबाट कोही पनि बञ्चित हुन नहुने बताए । समाज रुपान्तरणका लागि शिक्षाको अपरिहार्यताका बारेमा प्रकाश पार्दै पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन प्रोत्साहन गर्ने अभियानको थालनी गर्नुपर्नेमा जोड दिए । वीरगञ्जको राधेमाईस्थित साउथ जोन माद्यामिक विद्यालयले १५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले भने हाल अभिभावकहरुलाई समेत विद्ययालय पुगेका बालबालिकाहरुले प्रभिधिक विषयमा जनकारी गराउन लगी परेका बताए ।
विद्यालयसम्म नपुगेका बालबालिकाको खोजी गर्दै उनीहरुलाई विद्यालय लैजाने अभियान सुरु गर्न सुझाव दिएका छन् । विगतमा छोरालाई मात्रै पढाउने र बिहे गरेर जाने छोरीलाई पढाउन नहुने मान्यता बिस्तारै हराउँदै गएको र अहिले छोरा भन्दा पनि छोरीलाई बढी पढाउने संस्कारको विकास हुँदै गएकोमा उनले खुशी व्यक्त गरे । वीरगञ्जमै अब्बल र गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थासँगै शिक्षकहरु भएको हुँदा अध्ययनकै लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा पनि पूर्व मन्त्री यादवको जोड छ ।

बिद्यालयको प्रधानाध्यापक सरोज चौधरीको सभापतित्व एवं पूर्वमन्त्री यादवको प्रमुख आथित्यमा सम्पन्न भएको बार्षिक उत्सव समारोहमा बिधार्थीहरुले बिभिन्न खाले सांस्कुतिक एवं संगितिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
बार्षिक उत्सवको अवसरमा बिद्यालयले बिभिन्न विदामा उत्कृष्ट नजिता दिएका बिधार्थीहरुलाई सम्मान समेत गरेका थिए । बार्षिक उत्ससवमा स्कुलले आयोजना गरेको सिगिङ्ग र डान्सिङ्ग प्रतियोगिताको फाईनल राउन्ड समेत सम्पन्न गरेको छ । सबै प्रतियोगिताको बिजेताहरुलाई बार्षिक उत्सवको अवसरमा पारेर बिद्यालयले सम्मान तथा पुरस्कार बितरण समेत प्रदान गरेको छ ।

कार्यक्रममा वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण,प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा,मधेश प्रदेश उपाध्यक्ष श्याम केसी,एनप्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ,महानगर अध्यक्ष जियालाल गुप्ता,ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख भांसकर खतिवडा,नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी,समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन,नेता एवं अभियन्ता नेजामोदिन समानि लगालयतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन एवं सजिकरण स्कुलका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले गरेका थिए । कार्यक्रममा स्कुलले तयार पारेको स्मारिका पुस्तिकाको कार्यक्रमका अथितीहरुले सयुक्त रुपमा बिमोचन समेत गरेका थिए

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० फाल्गुन ६,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० फाल्गुन ६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद