Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सीमाबाट ५ किलोमिटरभित्र क्यासिनो राख्ने प्रावधानको प्रदीप यादवले गरे विरोध, पुरानै व्यवस्था राख्न माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २४,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २४ माघ
जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेपाल भारत सीमाभन्दा पाँच किलोमिटर भित्र क्यासिनो सञ्चालन गर्ने प्रावधान सच्याउन माग गरेका छन् ।

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायीक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकको छलफलमा भाग लिँदै सांसद यादवले सीमाभन्दा ५ किलोमिटर भित्र होटल रिसोर्टमा क्यासिनो सञ्चालन गर्न पाउने प्रावधान व्यवहारिक नभएको बताए ।

‘मेचीदेखि महाकालीसम्म वीरगंज, जनकपुर काँकडभिट्टा, भैरहवा, धनगढीलगायत सीमाको जति सहर छ, त्यो सीमाको एकदेखि तीन किलोमिटरभित्र पर्छ । व्यवसायीहरुले त्यो भित्रमा होटल, रिसोर्ट बनाउँछ, त्यहाँ क्यासिनोको इजाजत दिन्छ,’ उनले भने, ‘अहिले ५ किलोमिटर प्रावधान राखेर के अब खेतमा क्यासिनो बनाउने, उखुबारीमा क्यासिनो बनाउने, कि जंगलमा गएर क्यासिनो खेल्न जाने ? क्यासिनो को खेल्छ, नेपाली खेल्छ कि विदेशी खेल्छ ?’

सांसद यादवले कुनै व्यक्तिको लागि ऐन संशोधन गर्न नमिल्ने जिकिर गर्दै पुरानो तीन किलोमिटरको प्रावधान यथावत् राख्न माग गरे ।

‘कुन व्यक्तिको फाइदाको लागि यो ऐनमा पाँच किलोमिटर प्रावधान आएको छ, म बुझ्न चाहन्छु,’ उनले सोधे, ‘मलाई यहाँसम्म जानकारी छ कि झापाको विर्तामोडमा फाइभस्टार होटल बनेको छ, त्यो बोर्डरभन्दा १० किलोभित्र बनेको छ, उसको फाइदाको लागि यो ऐनमा संशोधन गरिएको छ ।’

व्यक्तिको लागि सारा व्यवसायी, सारा रिपोर्ट व्यवसायीलाई मार्नको लागि यो आएको दाबी गर्दै उनले यो प्रावधान हटाएर पुरानो तीन किलोमिटरको प्रावधान राख्न माग गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० माघ २४,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० माघ २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद