Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जबासी उत्रिए मेयर सिंहको समर्थनमा सडकमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १८,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१८माघ । वीरगन्ज महानगरको विकास र समृद्धिमा भाँजो हाल्न थालिएको भन्दै त्यसको विरोध र मेयर राजेशमान सिंहको समर्थनमा बिहीबार नागरिक समाजको अगुवाईमा ¥याली निकालेर प्रदर्शन गरिएको छ ।

हुलाक कार्यालय अगाडिको लालबंगला दरबारबाट निकालिएको ¥याली घण्टाघर,माईस्थान, आदर्शनगर ,अलखियामठ, घडीअर्वा हुदैं नगर परिक्रमा गरेको थियो । नगरपरिक्रमापछि ¥यालीले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारी ज्ञापनपत्रपनि बुझाएको थियो ।

नागरिक समाजको ब्यानर राखेर निकालिएको ¥यालीमा महानगरको ३२ वटै वडाका बासिन्दा, विभिन्न वडाका वडाध्यक्ष, नागरिक समाजका अगुवा,प्राध्यापक,एनप्याब्सन र प्याब्सनमा आबद्ध नीजी विद्यालयका सञ्चालक, नेपाली कांग्रेस, जसपा, नेकपा एमालेका नेता कार्यकर्ता लगायतकोपनि सहभागीता थियो ।

¥यालीमा सहभागीहरुले वीरगन्जको विकास विरोधीलाई कारबाही गर,वीरगन्जको शान मेयर राजेशमान,वीरगन्जबासीको पूकार २० वर्षसम्म राजेशमान सरकार,वीरगन्ज शहर हेर्दा लाग्छ रहर,सार्वजनिक सम्पत्ति मिच्न पाइदैन दलाली राजनीति चाहिदैन ,धेरै आए बोल्ने बल्ल पाइयो काम गर्ने ,राजेशमान छ त परिवर्तन सम्भव छ जस्ता नारालेखिएका प्ले कार्ड बोकेका थिए ।

¥यालीसहितको प्रदर्शनपछि नागरिक समाजका अगुवा दिपक शाक्य, वडाध्यक्षहरु प्रदीप चौरसिया,बैजुलाल स्वर्णकार,हीराकाजी महर्जन, जगत साह कानु लगायतको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र मार्फत ‘बैभव वीरगन्ज’ बनाउने अभियानमा लागेको महानगरको वर्तमान नेतृत्वकाविरुद्ध भ्रामक तथा अनग्रल प्रजारबाजी गर्ने र वीरगन्जको सामाजिक तथा धार्मीक सद्भाव बिगार्न खोज्नेलाई तत्काल छानविन गरि कारबाहीका दायरामा ल्याउन माग गरिएको छ ।

वीरगन्जलाई बैभव बनाउन गरिरहेको काममा अवरोध ल्याउने तत्वहरुले महानगरको नेतृत्वको बारेमा पछिल्लो केही समययता जथाभावी अनर्गल प्रचारबाजी गरेको प्रति ध्यानाकर्षण भएको भन्दै वीरगन्ज बनाउँछु भनेर कम्मर कसेर अग्रसर भएको नेतृत्वको उत्साह जगाउनुको सट्टा उसको मानमर्दन गर्दै, तथाकथित काल्पनिक झुठा प्रचारबाजी गरेर मनोबल घटाउने कार्य निन्दनीय भएको ज्ञापनपत्रमा उल्लेख छ ।

वीरगन्जका सार्वजनिक जग्गा र सम्पत्तिमा केही माफियाहरुले वर्षौंदेखि चलाएको रजगज अहिलेको नेतृत्वले अन्त्य गर्दै सयौँ विघा जग्गा अतिक्रमित जग्गा एवं पोखरी महानगरको अधिनमा ल्याएर सार्वजनिक हितका लागि प्रयोगमा ल्याएपछि त्यसबाट अत्तालिएका तत्वहरुले नेतृत्व बारे अनर्गल प्रचारबाजी गरेपछि मेयरको समर्थनमा महानगरबासी सडकमा उत्रिएको ज्ञापनपत्र बुझाउन गएको टोलीमा सहभागी वीरगन्ज–५ का वडाध्यक्ष प्रदीप चौरसियाले बताए ।

उनले भने,‘अहिलेको नेतृत्वले वीरगन्जको मुहार नै फेर्ने गरि काम गरिरहेको सबै सामु छर्लङ्ग नै छ ।सार्वजनिक सम्पत्ति संरक्षण, भूमाफियाहरुले अतिक्रमण गरेका जग्गा फिर्ता, नालामाथि बनेका संरचना हटाउँदै, सहकारी पीडितका समस्या सम्बोधनका लागि सञ्चालकहरुलाई कारबाहीका लागि सिफारिस लगायतका जनपक्षीय काम धमाधम गरिरहेको मेयरलाई रोक्न षड्यन्त्र स्वरुप बाहिर भ्रामक प्रचारबाजी गर्न लागिएको यथार्थ बुझेर नै मेयरको समर्थनमा नगरबासी सडकमा उत्रीएका हुन् ।

वीरगन्ज– ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले भूमाफिया,दोहोरो नागरिकताधारी र राजनीतिक प्रतिशोधले ग्रसित व्यक्तिहरु नै अहिले मेयरलाई बदनाम गर्न जवर्जस्ती झुठो प्रचारबाजीमा लागेको बताए । उनले भने,‘अहिले भइरहेको विकासको रफ्तारलाई कसैले रोक्न खोज्छ भने त्यसलाई वीरगन्जबासीले कडा जवाफ दिनेछन् ।’

बिहीबारको प्रदर्शनमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, नेपाली कांग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ,नेकपा एमालेका वीरगन्ज महानगर सचिव सुन्दर कुर्मी,एमाले युवानेता तेजप्रकाश निषाद,जसपाका महानगर अध्यक्ष इश्वरचन्द्र यादव लगायतकोपनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० माघ १८,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० माघ १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद