Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलनमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १७,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् । चिकित्सा शास्त्र अध्ययन गरेका एमीबीबीएस प्रथम बर्षदेखि एमडी (विशेषज्ञ) सम्मका विद्यार्थीहरु विभिन्न मागहरु राख्दै आन्दोलित भएका हुन् ।

अध्ययनका लागि मेडिकल कलेजले होस्टल बस्नैपर्ने बाध्यता गरेकोलाई हटाउनुपर्ने, अध्ययनपछिको इन्टर्नसिपमा दिईने पारिश्रमिक वृद्धि गर्नुपर्ने, कलेजको क्यान्टिनको मेस हटाउनु पर्ने र इन्टरनेटको वाईफाई हटाउनुपर्ने लगायतका माग गरेर मूल गेटमै धर्ना बसेर आन्दोलन गरेका छन् । उनीहरुले कलेजका प्रशासन प्रमुख आविद हुसैन अन्सारी ९चाँद० को राजिनामा समेत माग गरेका छन् ।
कलेजमा अध्ययन सकिएपछि गरिने इन्टर्नशीपमा दिईदै आएको १० हजार पारिश्रमिक बढाएर १५ हजार गर्नुपर्ने माग राखेको एक विद्यार्थीले बताए । चार दिनदेखि आन्दोलन गरेपनि कलेज प्रशासनले अहिलेसम्म कुनै सुनुवाई नगरेको आन्दोलनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । प्रशासन प्रमुख चाँदले विद्यार्थीहरुलाई राम्रो व्यवहार नगरेकोले राजिनामा माग गरेका हुन् ।

चार दिनदेखि विद्यार्थीहरुले गरेको आन्दोलनले पठनपाठन ठप्प भएपनि आधिकारिक कोही पनि व्यक्ति विद्यार्थीहरुको माग सम्बोधनको विषयमा भन्न नआएको आन्दोलन विद्यार्थीले बताएका छन् ।

नेशनल मेडिकल कलेजमा विद्यार्थीहरु आन्दोलित भएको जानकारी पाएपछि अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा मधेस प्रदेश उपाध्यक्ष इश्क कुमारले संगठनको ध्यानाकर्षण हुने बताएका छन् ।

उनले आन्दोलनरत विद्यार्थीहरुसँग भेटेर मागको विषयमा बुझेको र मागहरु जायज रहेकोले सम्बोधन गर्नुपर्ने बताए । कलेज प्रशासनले होस्टेल, तथा इन्टरनेट लगायतका सेवाहरुमा शुल्क वृद्धि गर्ने तर बर्षौदेखि त्यहि इन्टर्नशीपमा कार्यरत विद्यार्थीहरुको पारिश्रमिक नबढाउनु न्यायोचित नभएको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० माघ १७,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० माघ १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद