Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छैठो बलिदानी दिवस वीरगञ्जमा मनाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ ५,शुक्रबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मधेश प्रदेश सरकारले बीरगञ्जमा आज छैठो बलिदानी दिवस मनाएको छ । गृह सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बीरगञ्जको नगर सभागृहमा बलिदानी दिवस मनाइएको हो ।

बलिदानी दिवसको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले राज्य प्रणालीमा परिवर्तन ल्याएको बताए ।

उनका अनुसार देशमा भएका अन्य आन्दोलनहरु केवल सत्ता प्राप्तिका लागि भएको थियो । तर मधेश आन्दोलन भने राज्य प्रणाली परिवर्तन ल्याउने आन्दोलन थियो,’उनले भने ।

बलिदानी दिवसमा बोल्दै जसपा अध्यक्ष यादवले मधेश आन्दोलनमा सहिद भएका सबैप्रति श्रदाञ्जली अर्पण गर्दै भने,‘अब फेरि मधेशमा अर्को ठूलो संकट आउन लागेको छ, त्यो संकट भनेको चुरेको उत्खनन हो । यो उत्खननले मधेश नै ध्वस्त हुने भएकाले यसको संरक्षण गर्नुपर्छ ।’

माफियाहरुको चलखेलमा चुरेबाट बालुवा गिट्टी उत्खनन गर्ने खेल भइरहेको छ, जसबाट मधेशमा पानीको मुहान अझ तल घटेर जान्छ । यो भनेको मधेशको हितमा होइन, उनलेभने,‘यो रोक्नका लागि सदकदेखि सदनसम्म संघर्षको जरुरी छ । त्यो संघर्षको तयारीमा तपाइहरु बस्नुहोला ।’

कार्यक्रममा सहभागि मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले घाइते र सहादत परिवारका लागि एउटा कार्ड जारी गर्ने सरकारको तयारी रहेको बताए । उनका अनुसार मधेश सरकारबाट जारी यो कार्डले प्रदेशभरिका अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था गरिन्छ ।

उनी भन्छन्,‘अब प्रदेश सरकारबाट कसैलाई विभेद गरिदैन्, सबैलाई जागिरको व्यवस्था गरिन्छ, अन्य सेवा सुविधा पनि दिइन्छ । त्यसका लागि प्रदेश सरकार आफ्नो गृहकार्य सुरु गरिसकेको छ ।’

कार्यक्रममा सांसद प्रदीप यादव, पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दी,प्रदेश सांसदहरु जनार्दन सिंह क्षेत्री, श्याम पटेल लगायतकाले आफ्नो धारणा राखेका थिए ।

बलिदानीको दिवसको अवसरमा ६३ जना सहिद परिवारलाई जनही ३ लाखको दरले चेक वितरण गरिएको थियो भने कदरपत्रले सम्मानित गरिएको थियो ।

यसैगरी १३० जना घाइते परिवारका सदस्यहरुलाई १ देखि २ लाखसम्मको चेक हस्तान्तरण गरिएको थियो ।

प्रदेशका गृहमन्त्री महम्मद समिम मियाँको अध्यक्षतामा बलिदानी दिवस कार्यक्रम आयोजना भएको थियो ।

यसैबीच कालिकामाइ गाउँपालिकाका घाइते दिनेश साह कानुसहितका घाइते परिवारका सदस्यहरुले कार्यक्रममा विरोध प्रदर्शन जनाएका थिए । आन्दोलनमा घाइते भएकाहरुसंग विभेद गरिएको भन्दै कार्यक्रमस्थलमा विरोध जनाउँदै प्रदर्शन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० माघ ५,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० माघ ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद