Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

अर्थतन्त्र लयमा फर्किँदै छ– अर्थमन्त्री महत

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १४,आईतवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बारा । अर्थमन्त्री डा. रामशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताउनुभएको छ ।
३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बाराको जीतपुरमा निर्माण भएको सञ्जीवनी वाटिकाको वृद्धाश्रम भवन समुद्घाटन तथा सम्मान कार्यक्रममा मन्त्री महतले कोरोना महामारी र बाह्य क्षेत्रको समस्याका कारण अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री डा. महतले बैङ्कहरूले ब्याजदर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमन बढेको बताउनुभयो ।
अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने वातावरण निर्माण भएको उहाँको भनाइ छ । सरकारमाथि आन्तरिक र बाह्य ऋणको सावा ब्याज तिर्ने दायित्व बढेको पनि उहाँले बताउनुभयो ।

नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना धेरै रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने मन्त्री महतले बताउनुभयो ।
अर्थमन्त्री डा. महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको बताउनुभयो ।
वृद्धाश्रममा सय जना वृद्धवृद्धा अटाउने क्षमता रहेको वृद्धाश्रमका अध्यक्ष फर्मुल्लाह मन्सुरले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० आश्विन १४,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० आश्विन १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद