Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको बहुदरमाईमा एमालेको पार्टी कार्यालय स्थापना, सांसद गुप्ताले गरे उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी (नेकपा एमाले) ले पार्टी कार्यालय स्थापना गरेको छ ।

पर्साको बहुदरमाई नगरपालिका – ४ डकैलाबहुअरी चोकमा स्थापित कार्यालयको आज उद्घाटन गरिएको हो । पार्टी कार्यालयको प्रमुख अतिथि एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताले रिबन काटेर उद्घाटन गरेका छन् ।

कार्यालय उद्घाटन गर्दै नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका गुप्ताले समाजलाई सबल, सक्षम र समृद्ध बनाउन मिसनका साथ अगाडि बढिरहेको पार्टीले कार्यालय स्थापना गरेसँगै एउटा नयाँ उँचाइ पाएको बताए । पार्टीका नेता कार्यकर्तादेखि आम सर्वसाधारणलाई समेत आफ्नो समस्या राख्न र गुनासो पोख्ने ठाउँका रूपमा पार्टी कार्यालयको प्रयोग गरिने उनले बताए ।

उद्घाटन कार्यालयमा एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष स्व. सुभाषचन्द्र नेम्वाङ प्रति श्रद्धाञ्जली पनि अर्पण गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सल्लाहकार समितिका सदस्य शिव पटेल, बहुदरमाई नगरपालिकाकी उपमेयर सुषमा कुमार कुशवाहा, पार्टीका केन्द्रीय सदस्य अरविन्द सिंह, नेकपा एमाले बहुदरमाई नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाहा, जिल्ला समन्वय समिति पर्साका उपसभापति पूरण कुर्मीलगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन २,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद