Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धनुषा : सयौं जना जनमतमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २०,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा । धनुषामा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टी धनुषाले महेन्द्रनगरमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका पाँच सय भन्दा बढी नेताकार्यकर्ताजनमतमा प्रवेश गरेका छन् ।

नेपाल समाजवादी पार्टी (नेसपा) का धनुषा जिल्ला अध्यक्ष पवन मण्डलको नेतृत्वमा नेसपाका जिल्ला कार्यसमिति ,केन्द्रीय सदस्य ,प्रदेश सदस्यसहित एक सय भन्दा बढी जनमत पार्टीमा प्रवेश गरेको बताइएको छ ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का धनुषा क्षेत्र नं.४ का क्षेत्रीय अध्यक्ष जितनारायण साहको नेतृत्वमा लोसपाका क्षीरेश्वरनाथ नगरपालिकाको कार्यसमितिका सदस्यहरु, बटेश्वर गाउँपालिकाको कार्यसमितिका पदाधिकारीहरु, मिथिला नगरपालिका कार्यसमितका पदाधिकारीहरुसहित एक सय ५० जना भन्दा बढी लोसपा परित्याग गरी जनमतमा प्रवेश गरेका छन् ।

त्यसैगरी ,राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का नेता दिपनारायण यादवको नेतृत्वमा राप्रपाका धनुषा क्षेत्र नं.४ का एक सय भन्दा बढी नेता कार्यकर्ताले जनमत पार्टी प्रवेश गरेको जनाइएको छ ।

त्यस्तै, नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल( जसपा), माओवादी केन्द्रका नेताकार्यकर्ताहरुसहित पाँच सय भन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका धनुषा इन्चार्ज सुरेन्द्र मण्डलले जनाए ।

नवप्रवेश नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले फूलमाला र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष डा.राउतले पार्टीको सदस्यतासमेत प्रदान गरेका थिए ।

कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा पूर्व कृषि राज्यमन्त्री प्रदेश सांसद संजय यादव, राष्ट्रिय सचीव बीपी साह, केन्द्रीय कार्यकारिणी सदस्य रेखा मण्डल ,अंजली मण्डल, प्रदेश सांसद अनिता कुमारी साहसहित पार्टीका केन्द्रीय सदस्य ,राजनीतिक समिति सदस्य ,प्रदेश सदस्यसहित जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सभार : जनकपुर टुडे

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८० भाद्र २०,बुधबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० भाद्र २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद