Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपाको वीरगञ्ज नगर समितिको विस्तारित बैठक सम्पन्न, पार्टीको पर्सा नेतृत्व असक्षम भयो : सचेतक प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २७,शनिबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज  । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले पार्टी एक ढिक्का हुने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

शनिबार पार्टीको वीरगञ्ज महानगर कार्य समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी एक ढिक्का नभए अरुले खेल्ने बाटो पाउने भन्दै पार्टीलाई मजबुद बनाउने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

पर्सा क्षेत्र नम्वर १ का संघीय सांसद एवं पूर्व मन्त्री यादवले पर्सा जिल्लाको पार्टी नेतृत्व असक्षम हुँदा कार्यकर्ता हतोत्साहित भएको भन्दै चाँडै पार्टी पुनर्गठन गर्ने पनि बताउनुभयो ।

‘जिल्ला नेतृत्व असक्षम छ, एनजिओ चलाए जसरी दुई जनाले पार्टी चलाउन खोजेका छन् त्यसरी पार्टी चल्दैन,’ उहाँले भन्नुभयो, ‘पार्टी कुनै क्लब र एनजिओ होइन, कागज मिलाएर काम हुने, कार्यकर्ताको खुन पसिनाबाट बनेको पार्टी, एनजिओमा कागज मिलाए जसरी चल्दैन ।’

अहिलेको जिल्ला कमिटीलाई पुनर्गठन गरेर नयाँ चलायमान र चुस्त कमिटी बनाउन आफू लागि परेको भन्दै उहाँले पुनर्गठन नगरिए नयाँ जिल्ला कमिटी तयार गर्ने पनि उद्घोष गर्नुभयो ।

वीरगञ्ज महानगरमा जसपाले जित्दा देशैभर जसपाको शीर ठाडो भएको भन्दै उहाँले अहिले पार्टी भित्रैका केही व्यक्ति मेयर राजेशमान सिंह र आफूबीचको सम्बन्धलाई देखेर डाहा गर्ने गरेको पनि बताउनुभयो ।

‘केही व्यक्ति मेयरसँग किन यत्ति नजिक भएको छ भनेर भन्ने गर्छन्, हामीलाई फुटाएर फाइदा लिन खोजेका होलान्, त्यस्तो सपना कसैले नदेखे हुन्छ, उहाँले भन्नुभयो, ‘यो सम्बन्ध त पर्सामा पार्टीलाई मजबुद बनाउँदै वीरगञ्ज बनाउने सम्बन्ध हो, हामी बनाएरै देखाउछौँ, कसैले चाहँदैमा तोड्ने र जोडिने सम्बन्ध होइन ।’

यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका महानगरका मेयर राजेशमान सिंहले पर्सा पार्टी नेतृत्व विभेदकारी ढंगले चलेको आरोप लगाउनुभयो ।

उहाँले पार्टीलाई चलायमान बनाउन सबै एक भएर लाग्नुको कुनै विकल्प नभएको भन्दै पार्टीका साथीहरुसँग भेटघाट कार्यक्रम हरेक महिना राख्न सुझाव पनि दिनुभयो ।

यस्तै कार्यक्रममा पार्टीका नेता जनार्दन यादवले प्रचण्ड नेतृत्वको सरकारले पार्टीको केन्द्रीय नेतृत्वलाई फसाउने गरि गौर काण्डको विषय उठाएको भन्दै त्यसको प्रतिबाद गर्न सबै तयार रहनु पर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रेखा साह, नेता प्रेमबाबु पटेल, वीरगञ्ज महानगरका विभिन्न वडामा पार्टीबाट निर्वाचित वडाअध्यक्षहरु मनोज यादव, रमेश यादव, प्रशुराम चौरसिया, सुशील साह, आशुतोष चतुर्वेदी, उमाशंकर तिवारी, महबुब एलाही अंसारी, कार्यपालिका सदस्य खैरुद्धिन मियाँ लगायतको उपस्थिति रहेको थियो ।

पार्टीको नगर कार्यसमितिका अध्यक्ष इश्वरचन्द्र यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण उमेशलाल सहनीले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० श्रावण २७,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० श्रावण २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद