Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

‘पूर्णबहादुरको सारंगी’ले रच्यो एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विजय बराल स्टारर ‘पूर्णबहादुरको सारंगी’ले एकैदिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रुपमा कीर्तिमान रचेको छ । प्रदर्शनको दशौं दिन शनिबार फिल्मले ३ करोड ८९ लाख ग्रस कमाएको हो ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको १० दिनसम्मको आम्दानी विवरण सार्वजनिक गरेको छ । फिल्मले यो अवधिसम्म देशब्यापी १७ करोड ९८ लाखको कमाइ गरेको छ ।

यसअघि एकैदिनमा धेरै कमाउने फिल्मको रेकर्ड ‘कबडडी ४’सँग थियो जसले पहिलो दिनमै २ करोड ९० लाख ग्रस ९३ करोड हाराहारीमा० कमाइ गरेको थियो ।

रोचक के छ भने, ‘कबड्डी ४’मा विजय सहायक भूमिकामा थिए । ‘पूर्णबहादुरको सारंगी’मा शीर्ष भूमिकामा छन् । यो गजबको बक्सअफिस संयोग उनको करिअरमा देखिएको छ । साढे २ महिनापछि बरालले आफ्नै फिल्मको कीर्तिमान तोडेका छन् ।

‘पूर्णबहादुरको सारंगी’को कमाइको गति यस्तै किसिमले कायम रहे यसले अन्य कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको रेकर्ड यतिबेला ‘कबड्डी ४’सँग छ जसले साढे २३ करोड ग्रस कमाएको थियो ।

निर्माताले साढे २३ करोड कलेक्सनको हिसाब दिएपनि चलचित्र विकास बोर्डको तथ्यांकमा भने ‘कबड्डी ४’को कलेक्सन २१ करोड ३८ लाख ग्रस छ । यो फिल्मका ७ लाख ६६ हजार टिकट विक्री भएका थिए ।

‘पूर्णबहादुरको सारंगी’ यतिबेला प्रदर्शनरत छ ।
सभार अन्लाइन खबरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद