Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

प्याब्सन अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि साउथ जोनको पोल्टामा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ९,शुक्रबार
A A
7
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज, ९ कार्त्तिक
प्याब्सन अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि साउथ जोन माविको पोल्टामा परेको छ । प्याब्सन पर्सा र बीरगन्जको संयुक्त आयोजनामा शुक्रबार बीरगन्जस्थित टाउन हलमा भएको सो प्रतियोगितामा साउथ जोन प्रथम भएको छ ।

साउथ जोनले नेपालको पुर्वी तराईमा बस्नते धिमाल जातिको नृत्य प्रस्तुत गरेको थियो । सन्थाल समुदायले नाच्ने नृत्य प्रस्तुत गरेको लिटल फ्लावर स्कूल प्रतियोगितामा दोस्रो भयो भने मारुनी नृत्य प्रस्तुत गरेको मनकामना माविले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । प्याब्सन आबद्ध २३ वटा विद्यालय सहभागी भएको सो प्रतियोगितामा मुनलाइट माविले चौथो स्थान प्राप्त गर्न सफल भयो भने जीवन ज्योति र गौतम माविले पाँचौ स्थानमा चित्त बुझाए ।

यसअघि, सो नृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए । प्रतियोगितामा सहभागी २३ विद्यालयहरुले नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति र रीतिरिवाज झल्कने नृत्यहरु जस्तै साकेला नाच, घाटु झोरा नाच, झिझिया नाच, थारु झुमरा नाच लगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोगिताका विजेता, उपविजेता लगायत सहभागी विद्यालयहरुलाई प्याब्सनका केन्द्रिय महासचिव आरबी कटुवाल, मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन मधेश प्रदेश वरिष्ठ उपाध्यक्ष श्याम केसी, मधेश प्रदेश सल्लाहकार मणि पाख्रिन, प्याब्सन वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी, उपाध्यक्ष शिव गुप्ता लगायतले शिल्ड, प्रमाणपत्र र मायाको चिनो प्रदान गरे ।

कार्यक्रममा बीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, एन प्याब्सनका नगर अध्यक्ष जियालाल गुप्ता र सचिव शेख अजहर लगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्याब्सनका जिल्ला अध्यक्ष पूरण प्रधान र नगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्इक्षतामा सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८१ कार्तिक ९,शुक्रबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८१ कार्तिक ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद