Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home बिचार ब्लग

सन्तान पाउने महिलाको उपयुक्त उमेर कुन हो ?

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ११,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । विवाहको एउटा निश्चित समयपछि दम्पतीमा सन्तानको चाह हुन्छ । उमेर पुगेर विवाह गरेकाहरूले यसका लागी धेरै कुर्नु पनि राम्रो हुँदैन । तर सन्तानको रहर हुने दम्पतीलाई सन्तान जन्माउन कहिले अस्थायी परिवार नियोजनको साधनको प्रयोग छाड्ने भन्ने दोधार हुने गर्दछ । यस्तै सन्तान पाउने सही उमेर कुन भो भनेर पनि द्विविधा हुने गर्दछ ।

सन्तान पाउन प्रयोग गरिरहेको अस्थायी परिवार नियोजनको साधनको प्रयोग छाड्ने विषय आफूले प्रयोग गरेको साधन कुन हो ? भन्नेमा निर्भर गर्छ । तथापि प्राय अस्थायी साधनहरू गर्भ राख्न चाहेको दुई महिना अघिबाट छाड्नु उत्तम हुन्छ ।

यदि कसैले अन्यथा पिल्स वा सुई लगायतका साधनको प्रयोग गरिरहेको छ भने यस्ता व्यक्तिले तिन महिना अघिबाट यी साधनहरूको प्रयोग छाड्नु पर्दछ । र त्यसपछि मात्र गर्भधारण गर्नु उपयुक्त हुन्छ । तर अस्थायी साधनको प्रयोग छाडेपछि पनि नियमित महिनावारी नभएसम्म कन्डमको प्रयोग भने गर्नु पर्दछ । यसले स्वास्थ्य गर्भ रहन मद्दत गर्दछ । अन्यथा परिवार नियोजनका साधन प्रयोग छाड्न साथ गर्भ रहेमा बच्चा विकृत बन्ने वा गर्भपात हुने सम्भावना हुन सक्छ ।

 

सन्तान पाउने महिलाको उपयुक्त उमेर कुन हो ?

कुनै पनि महिलाले स्वस्थ सन्तान जन्माउन उपयुक्त उमेर २१ देखि ३० वर्षसम्मको उमेर समूहलाई मानिन्छ । तर स्वास्थ्य राम्रो भएका महिलाहरूले ३५ वर्षसम्म पनि स्वास्थ्य सन्तान पाउन सक्छन् । तर २० वर्षभन्दा कम उमेरका महिलाले भने बच्चा पाउँदा जोखिम बढी हुन्छ ।

यस अलावा ढिलो विवाह गर्ने पुरुषमा पनि प्रजनन शक्तिमा कमी हुन सक्छ । यस्तै बढी उमेरका पुरुषमा शुक्राणु बन्ने सङ्ख्यामा पनि कमी आउन सक्छ । यसबाट गर्भ रहने बच्चा कमजोर जन्मने सम्भावना हुन्छ ।

गर्भधारण गर्दा महिला पुरुष दुवै तनाव मुक्त रहेमा मात्र स्वास्थ्य सन्तान जन्मन सक्छ । तसर्थ गर्भधारणका समयमा महिला र पुरुष दुवैले सकारात्मक मनोभावना राख्ने, चिन्ता नलिने, झगडा नगर्ने, सर सपाइमा ध्यान दिनु पर्दछ । गर्भ रहेपछि स्वास्थ्य चौकीको तालिका अनुसार चिकित्सकको परामर्श लिनु पर्छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन
मुख्य समाचार

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन

प्रकाशित : २०७९ पुष ११,सोमबार
पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा
मुख्य समाचार

पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा

प्रकाशित : २०७९ पुष ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद