Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home बिचार ब्लग

दशैंका परिकार खाँदा स्वास्थ्यको ख्याल कसरी राख्‍ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन २१,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बबिता अधिकारी

दशैं भन्नेबित्तिकै विभिन्न प्रकारका परम्परागत खाना झल्को आउँछ मासुका परिकार, सेलरोटी र लड्डु जस्ता मिठाईहरू घरघरमा पाक्छन् । मिष्ठान्न भोजन दशैंको नौ दिनै पाकेका हुन्छन् । घरमा होस् वा खाजाको रुपमा पाहुना जाँदा बिहान, दिउँसो र बेलुकाको खानामा छाकैपिच्छे मासुकै परिकार बढी पाक्छन् ।

यस्तोमा टन्न खाने र आराम मात्र बढी हुँदा अपचको समस्या आउन सक्छ । अझ दीर्घरोग भएमा त खानपानमा ध्यान नदिए थप स्वास्थ्य समस्या सिर्जना गर्छ ।
स्वास्थ्य समस्या आउन नदिन परम्परागत खानाको आनन्द लिंदै दशैं मनाउन खानेकुरा पकाउँदा र खाँदा सचेत र सजग भएर खानु उपयुक्त हुन्छ । सजग भएर खान ठूलो मेहनत गर्नुपर्दैन । कसरी पकाउने रु कति मात्रामा खानु उचित रु जाने पुग्छ ।

मासु कति खाने

विश्व स्वास्थ्य संगठनले प्रतिदिन स्वस्थ आहारका लागि वयस्कहरूले प्रतिछाक लगभग ६० देखि ७० ग्राम मासु मात्र उपभोग गर्न सिफारिस गरेको छ । तर दशैंको समयमा मानिसहरूले २०० देखि ४०० ग्रामसम्म प्रतिदिन मासु उपभोग गरिरहेका हुन्छन ।

दशैंको समयमा मासु सजग भएर खाने हो भने बढीमा ८० ग्रामसम्म मासु खान उपयुक्त हुन्छ । मासुसँगै फाइबर खाएमा मासु पच्न सघाउ हुन्छ । मासुको मात्रा घटाउन फाइबरयुक्त फलफूल र सलादपछि मात्र मासु सेवन गर्नु उचित हुन्छ । यसरी खाँदा प्रोटिन सन्तुलित मात्रामा शरीरले पाउँछ । शरीरको फ्याट र कोलेस्टेरोललाई भार पुग्दैन ।

अत्यधिक मात्रामा मासु खाँदा हुनसक्ने जोखिम रु

अत्यधिक मासुको सेवनले यसै पनि पाचनप्रक्रियामा भार पर्छ । किनकि बिहान खाएको खाना नपच्दै पेटमा अर्को खानेकुरा पुग्दा पाचनप्रक्रियामा समस्या भइरहेको हुन्छ । मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन ।

त्यसमा पनि रातो मासु धेरै खाँदा पेट फुल्ने, अपच हुने, कब्जियत हुने जस्ता सामान्यदेखि दीर्घकालीन रूपमा कोलेस्टेरोल, रक्तचापमा वृद्धिको जोखिम बढाउन सक्छ । कलेजोले मासु पचाउने काम गर्छ । समयको अन्तर नै नराखी खाँदा कलेजोलाई सक्रिय भई काम गर्नुपर्छ ।

सजिलो गरी बुझ्दा मासु पच्न समय लाग्ने होइन, बोसो पच्न समय लाग्ने हो । कार्बोहाइड्रेट, फाइबरयुक्त खाना खाएको केही घण्टामा पच्ने गर्छ भने मासुमा भएको बोसो पचाउन कलेजोबाट एउटा छुटै पित्त सानो आन्द्रामा आएपछि मात्र पच्छ ।

यति गर्दा पनि मासु नपचेर शरीरमा बोसो जम्मा हुँदै जान्छ । यसबाट मोटोपन, उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पेट गडबडी हुने र मलद्वारको समस्या कब्जियत लगायत समस्या निम्त्याउने सम्भावना हुन्छ । यसलाई हेलचेक्र्याइँ गरेमा अल्सर र मुटुरोगको जोखिम हुन्छ ।

शाकाहारी खानेकुरा पनि अत्यधिक खान हुँदैन

शाकाहारीले दशैंमा सबैभन्दा बढी पनिर खाने गर्छन् । ठिक्क खाँदा कुनै हानि गर्दैन । तर फाइदा गर्छ भन्दैमा लगातार बढी खाएमा भने यसले पनि समस्या निम्त्याउँछ ।

गुलियो पदार्थ कति सेवन गर्ने रु

दशैंमा मिठाई पनि अत्यधिक मात्रा खाइन्छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले प्रतिदिन औसत वयस्कका लागि २५ ग्रामभन्दा कम अर्थात् ६ टेबल चम्चा चिनीको मात्रा सेवन गर्न सिफारिस गर्छ । जुन हामीले दैनिक जीवनमा मिठाई, पेय पदार्थ र प्रशोधित खानामा पाइने चिनीको मात्राबाट खाइरहेका हुन्छौं ।

तर चाडबाडको समयमा ६ चम्चा चिनी मात्र खाने गर्छौं त रु

यसरी अत्याधिक गुलियो पदार्थ र मिठाईको उपभोगले अल्पकालीन र दीर्घकालीन दुवैरुपमा असर गर्छ । जस्तै, रगतमा चिनीको स्तरमा द्रुत गतिमा वृद्धि गर्न सक्छ । लामो समयसम्म अत्यधिक सेवनले मोटोपन, टाइप(२ मधुमेह, नन(अल्कोहोलिक लिभरसम्बन्धी रोग र दाँतको समस्या जस्तो जोखिम बढाउँछ ।

शरीरलाई दैनिक कति क्यालोरी आवश्यक हुन्छ रु

एक सामान्य वयस्क पुरुषका लागि दैनिक करिब २५ सय क्यालोरी आवश्यक हुन्छ । जबकि महिलाहरूको लागि यो लगभग २०० क्यालोरी हुन्छ । यी आवश्यकता व्यक्तिको शारीरिक गतिविधि स्तर, उमेरको आधारमा भिन्न(भिन्न हुनसक्छन् ।

दशैंमा मासु, चामल, तरकारी र मिठाईसहितको खानाले प्रतिछाक ८०० देखि १२ सय क्यालोरी खाइने अध्ययनहरुले देखाएका छन् ।

जब शरीरले चहिएको भन्दा बढी क्यालोरी खानाबाट प्राप्त गर्छ, उक्त क्यालोरी अतिरिक्त बोसोको रूपमा शरीरमा भण्डारण हुन्छ, जसले मोटोपन बढाउने र इन्सुलिन प्रतिरोध गर्ने हुन्छ । जसले गर्दा रक्तचापको स्तरमा गडबडी आउने तथा समयसँगै नसर्ने रोगको जोखिम गराउँछ ।

धेरै खानबाट कसरी जोगिने रु

– खानालाई सन्तुलनमा राख्न हरियो सागसब्जी, तरकारी, सलादको बढी प्रयोग गरेर मासुको भाग घटाउन सकिन्छ । खानेकुराको सुरुवात मासुबाट नै गर्नुपर्छ ।

– मिठाई तथा गुलियो पेय पदार्थको सेवन सीमित गरेर आफ्नो खानालाई सन्तुलनमा राख्न सकिन्छ ।

– खाना खानुअघि प्रशस्त मात्रामा पानी पिउने, खानाको प्लेट सानो लिने र खानाको मात्रा नियन्त्रणमा ध्यान दिने, खाना राम्ररी चपाएर खाने जस्ता सामान्य व्यवहारले पनि धेरै खानबाट जोगिन मद्दत गर्छ ।

– कम्तीमा हरेक दिन ४० मिनेट हिंडडुल गर्ने जस्ता शारीरिक गतिविधिले पनि चाडबाडको समय क्यालोरी नियन्त्रण गर्दै शरीरलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।सभार अन्लाईन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ आश्विन २१,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ आश्विन २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद