Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home बिचार ब्लग

हरेक टोलमा सवारीसाधन पुग्छन् – गाउँपालिकाका प्रमुख

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
A A
4
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

जगरनाथपुर गाउँपालिका पर्साका १४ वटा स्थानीय निकायमध्ये पश्चिमदक्षिणमा भारतीय सीमासँग जोडिएको गाउँपालिका हो । २०७९ सालको स्थानीय तह निर्वाचनमा यहाँ नेपाली कांग्रेसका श्रीकान्त यादव प्रमुखमा निर्वाचित हुनुभएको छ । अधिकांश खेतीयोग्य जमिन रहेको यस क्षेत्रको कृषि, सिँचाइ, विद्युत्, शिक्षा र स्वास्थ्यका क्षेत्रको अवस्था र त्यसको सुधारका लागि भइरहेको प्रयासका सम्बन्धमा गाउँपालिकाका प्रमुख यादवसँग गोरखापत्रका वीरगन्ज समाचारदाता दीपकप्रसाद गौतमले गर्नुभएको कुराकानी ।

तपाईं निर्वाचित भएपछि प्रमुख कामहरू के के गर्नुभयो ।

निर्वाचित भएपछि सबैभन्दा पहिला ज्येष्ठ नागरिकलाई घर घरमै भत्ता वितरण गर्ने गराउने काम सुरु गरेका छौँ । ज्येष्ठ नागरिकहरू सकी नसकी बैङ्कमा पुगेर घण्टौँ लाम लागेर भत्ता लिनुपर्ने बाध्यतालाई हामीले हटाएका छौँ । जिल्लामा यस्तो सुविधा प्रदान गर्ने सम्भवतः यो गाउँपालिका पहिलो हो ।

यहाँले यस गाउँपालिकाका बासिन्दाको प्रमुख आवश्यकता के के पहिचान गर्नुभएको छ ।

सबै स्थानीय तहमा आआफ्ना परिवेश अनुसारका आवश्यकता हुन्छन् । यस गाउँपालिकामा हामी आउनुभन्दा पहिला स्थानीयवासी जनप्रतिनिधिहरूको तानाशाही प्रवृत्तिका कारण निकै डर र त्रासको जिन्दगी बिताइरहेका थिए ।

अहिले त्यस्तो अवस्था अन्त्य भएको छ । यहाँका बासिन्दा निर्धक्क भएर परिश्रम गरी जीवनयापन गर्न सक्ने सहज वातावरण सिर्जना भइसकेको छ । गाउँवासीको कुनै गुनासो भए पालिकाका अधिकृतसमक्ष भन्न सक्छन् । कसैको केही गुनासो भए सिधै मेरै मोबाइल नम्बरमा पनि सम्पर्क गर्न सक्छन् । जनताका गुनासा तत्काल सम्बोधन गर्ने गरिन्छ । सुशासनका हकमा केही कमजोरी देखिए त्यसलाई तत्काल सच्याएर अगाडि बढिरहेका छौँ । हुलाकी सडकमा प्रहरी चेकपोस्ट स्थापना गर्न लगाई सुरक्षाको क्षेत्रमा पनि गम्भीरताका साथ काम गरिरहेका छौँ ।

गाउँपालिकाको आन्तरिक आर्थिक स्रोतको अवस्था के कस्तो छ ।

हामी आउनुभन्दा पहिला यहाँको आन्तरिक स्रोतको अवस्था शून्य जस्तै थियो । हामीले केही स्रोत पहिचान गरेर थोरै थोरै भए पनि सङ्कलन भइरहेको छ । बाँकी सबै प्रदेश र सङ्घीय सरकारमै भर पर्नुपर्ने अवस्था छ ।

यहाँ बेला बेलामा सीमा विवाद, नदी उत्खननमा विवाद भइरहन्छ । त्यसलाई कसरी समाधान गरिरहनुभएको छ रु

भारतसँग सिमाना जोडिएको भएर पहिले पहिले भारतीयहरूले नदीको दसगजा क्षेत्रमा उत्खनन गर्दा विवाद हुने गरेको थियो । अहिले दसगजा क्षेत्रमा उत्खननमा पूर्ण रूपमा रोक लगाएका छौँ । सीमा क्षेत्रमा दुवै पक्षको छलफल गरी विवाद सुल्झाउँदै आएका छौँ । त्यसैले अहिले अवस्था सामान्य छ ।

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न गाउँपालिकाले के कस्तो पहल गरिरहेको छ ।

हामीले उद्योग वाणिज्य मन्त्रालयसँग सहकार्य गरेर ग्रामीण उद्योगको कार्यव्रmम लागु गरेका छौँ । ग्रामीण उद्योगको स्थापनाका लागि ई बिडिङको प्रव्रिmया अगाडि बढिसकेको छ । यहाँको प्रमुख नगदे बालीका रूपमा रहेको सिमल तरुलको व्यावसायिक खेतीलाई प्रोत्साहन गरेर अगाडि बढाइरहेका छौँ । त्यसबाट यहाँका किसानले अधिक फाइदा लिन सक्ने हाम्रो विश्वास छ ।

कृषिको विकास तथा आधुनिकीकरणका लागि कस्तो पहल गर्दै हुनुहुन्छ ।

कृषिको अवस्था सुधार गर्न स्थानीय स्रोतसाधनको प्रयोगमा बढी जोड दिएका छौँ । सिँचाइका लागि खेत खेतमा पानी तान्ने विद्युतीय मोटर जडान गरेका छौँ । सिँचाइमा विद्युतीकरण गरी आगामी दिनमा कृषि मिटरको बिल गाउँपालिकाले तिरिदिएर कृषकलाई राहत प्रदान गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ । त्यसका लागि अहिले अभिलेख सङ्कलनको काम भइरहेको र छिटै सम्पन्न हुने अवस्था छ ।

गाउँपालिकामा अन्य के के योजना सञ्चालन भइरहेका छन् ।

यहाँ सङ्घीय सरकारको लगानीमा ढोङ्गही सिँचाइ आयोेजना टेन्डर प्रव्रिmयामा छ । जमुनिया सिँचाइ आयोजनाको काम भइरहेको छ । सङ्घीय सरकारको बजेटबाट सात किलोमिटर सडक कालोपत्रे भइरहेको छ । हामीले आफ्नो स्रोतसाधनबाट भने सडक ढलान, नाला निर्माण तथा बत्ती जडान एवं साना सिँचाइका काम अगाडि बढाएका छौँ ।

स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि के के गर्दै हुनुहुन्छ ।

यहाँ एउटा पनि बर्थिङ सेन्टर थिएन । अहिले दुई वटा बर्थिङ सेन्टर सञ्चालन भइरहेका छन् । एमबिबिएस डाक्टरको सेवा प्रदान गर्ने योजनासहित १५ शøयाको अस्पतालको काम पनि अगाडि बढेको छ । पालिका क्षेत्रका सबै विद्यालयमा शौचालय निर्माणलगायत भौतिक संरचना सुधारका काम भइरहेका छन् । विद्यालय क्षेत्रको सुधारका लागि विद्यालय व्यवस्थापन ऐनलगायत अहिलेसम्म १७ वटा ऐन निर्माण गरिसकेका छौँ । अन्य केही आवश्यक ऐन कानुन निर्माणको गृहकार्य भइरहेको छ ।

जनप्रतिनिधि र पालिकाका कर्मचारीबिच सम्बन्ध कस्तो छ ।

यस पालिकाका कर्मचारी र जनप्रतिनिधिबिच राम्रो सम्बन्ध छ । कतै खटपट छैन । म यस पालिकामा आएदेखि कुनै कर्मचारीलाई सरुवा गरिएकोे छैन । सबैको साथ र सहयोग लिँदै सौहार्दपूर्ण ढङ्गमा अगाडि बढिरहेका छौँ ।

सङ्घ र प्रदेश सरकारसँग समन्वय कस्तो छ रु

सङ्घ र प्रदेश सरकारसँग पनि हामीले राम्रो समन्वय गरिरहेका छौँ । अहिले पनि सङ्घ र प्रदेश सरकारका केही आयोजना सञ्चालनमा छन् । ठुला योजना सङ्घीय सरकारको योजनामा परेका छन् । प्रदेश सरकारले बाटोघाटोका काम गरिरहेको छ ।

काम गर्ने क्रममा कस्तो चुनौती सामना गरिरहनुभएको छ ।

राजनीतिमा लागेका उद्दण्ड मानिसहरू, नबुझ्ने मानिसहरूका कारण केही काममा अप्ठ्यारो परिस्थिति उत्पन्न भएको थियो । अहिले त्यसको समाधान भइसकेको छ । विकास निर्माणको काम गर्दा खासै ठुला चुनौती देखिएका छैनन् ।

तपाईंको कार्यकाल सकिँदा जगरनाथपुर गाउँपालिकावासीले के फरकपनको महसुस गर्न पाउने छन् ।

अहिले नै गाउँपालिकावासीले निकै फरकपनाको महसुस गरिरहेका छन् । अहिले गाउँपालिकाका हरेक टोलमा ठुला सवारीसाधन पुग्न सक्ने गरी बाटोघाटो निर्माण भइसकेका छन् । सडक ढलान तथा नाला निर्माणको काम सबै टोलमा भइसकेको छ । यस पालिकामा कक्षा १० सम्म पढाइ हुने विद्यालय थिएनन् । अहिले पालिकाभित्रै कक्षा १० सम्म पढाइ हुन्छ । अब उच्च माध्यमिक तहसम्मको पढाइ हुने गरी विद्यालय सञ्चालन गर्ने छौँ ।

प्राविधिक शिक्षाको व्यवस्था गर्ने छौँ । विगतको तुलनामा गाउँवासीले अहिले निकै सुशासनको अनुभूति गरिरहेको म दाबी गर्न सक्छु । यहाँको वातावरणलाई हरियाली बनाइराख्न पनि हामीले उत्तिकै ध्यान दिएका छौँ । यहाँको समृद्धिको आधार भनेको कृषि क्षेत्रको क्रान्ति नै हो । त्यसमा हामी गम्भीर भएर लागेका छौँ । मेरो बाँकी कार्यकालमा शिक्षा र स्वास्थ्यमा सुधार गर्ने मुख्य ध्येय छ । त्यसै गरी स्थानीयवासीका लागि पालिकामै रोजगारी सिर्जना गर्ने योजना बनाएका छौँ । भौतिक पूर्वाधारमा सुधार, कृषिमा आधुनिक प्रविधि भिœयाएर उत्पादन र उत्पादकत्व बढाई कृषकको जीवनस्तरमा सुधार गर्ने योजना बनाएका छौँ । त्यसका लागि यहाँको सिँचाइ पद्धतिलाई थप व्यवस्थित गर्नु जरुरी छ । हामीले त्यसमा पनि काम गरिरहेका छौँ । सभार
गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ श्रावण ११,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद