Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

पहिलो पटक वीरगञ्जमा खेलकूद एकेडमी ‘स्पोर्ट्स हाउस’ सञ्चालन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १,शुक्रबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बालबालिकाहरुलाई क्रिकेट र फूटबल सिकाउन वीरगञ्जमा पहिलो पटक स्पोर्ट्स एकेडमीको सुरुवात भएको छ ।

संसार व्यवसायिक खेलकूद तर्फ आकर्षित भइरहेको बेला पनि आर्थिक नगरी वीरगञ्जमा खेलकूद सम्बन्धि गतिविधि गर्ने तथा इच्छुक बालबालिकाका लागि प्रशिक्षण दिने एउटा स्पोर्ट्स एकेडमीको खाँचोलाई पूर्ति गर्न स्पोर्ट्स हाउस प्रालिको सुरुवात भएको हो ।

१५ दिने क्रिकेट र फूटबल क्याम्पसको आयोजना गर्दै बिहिबार स्पोर्ट्स हाउस शुभारम्भ भएको छ । क्याम्पमा वीरगञ्ज र आसपास क्षेत्रका लगभग ४० जना बालबालिकाहरुले व्यवसायिक कोचबाट क्रिकेट र फूटबलको प्रशिक्षण लिरहेका छन् ।

वीरगञ्जस्थित वर्ल्ड अफ वन्डर्समा अवस्थित स्पोर्ट्स हाउसले बालबालिकाहरुलाई भारतमा क्रिकेट सम्बन्धि सम्पूर्ण गतिविधि हेर्ने द् बोर्ड अफ कन्ट्रोल फोर क्रिकेट इन इण्डिया (विसीसीआइ) का लेभल २ प्रशिक्षक राजेशकुमार दुवेबाट क्रिकेट र अल इण्डिया फूटबल फेडेरेशनबाट मान्यता प्राप्त कोच ऋषिकेष सिंहबाट फूटबलको प्रशिक्षण दिइने स्पोर्ट्स हाउसकी सञ्चालक आकृति अग्रवाले जानकारी दिइन् ।

बिहिबारदेखि सुरु भएको स्पोर्ट्स क्याम्पमा बालबालिकालाई १५ दिनसम्म निरन्तर बिहान र साँझ डेढ/डेढ घण्टा प्रशिक्षण दिइने छ । प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शनी गर्ने बालबालिकालाई छनौट गर्दै उनीहरुलाई अतिरिक्त कक्षादेखि प्रोत्साहन स्वरूप प्रमाण पत्र र अन्य उपहार पनि प्रदान गरिने सह-सञ्चालक शौरभ केडियाले बताए ।

प्रशिक्षणका क्रममा अभिभावकलाई समेत उपस्थित हुन् आग्रह गरिएको केडियाले जानकारी दिए । ‘आज संसारभर व्यवसायिक खेलाडीहरुको माग छ । चिकित्सक, इनिजिनियर बनेर मात्र सफल भइन्छ भन्ने सोच रुदिवादी सोचलाई तोड्दै व्यवसायिक रुपमा खेलकूद गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन पनि हामी खेलकूदलाई प्रोत्साहन गर्न सपोर्ट्स हाउसको सुरुवात गरेका हौँ,’ केडियाले भने ।

स्पोर्ट्स हाउसले आगामी दिनमा पनि यस्ता खेलकूदका गतिविधिलाई निरन्तर जारी राख्ने अर्का सह-सञ्चालक दीपा गोल्यानले बताइन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८० असार १,शुक्रबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८० असार १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद