Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

सातदोबाटोलाई पन्छाउँदै हिमालयन शेर्पा अन्तिम चारमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १३,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सिमरा, १३ चैत्र
‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथक्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लबसिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दाचालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङ्गशालामा पहिलो सहभागितामै निराश बन्नपुग्यो ।
पहिलो हाफको ३५ औं मिनटमा सातदोबाटोका कप्तानसुदिप गुरुङले टिमलाई अग्रतादिलाएका थिए । हिमालयन शेर्पाका डिफेण्डर म्यानुअलनानाको गल्तीको फाईदा उठाउँदै सातदोबाटोका कप्तान सुदिपले बललाई सहजै गोलपोष्टको दिशादिएका थिए । सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दात्यसको फाइदा सुदिपले लिएकाथिए ।
पहिलो हाफको इन्ज्युरी समयमा हिमालयन शेर्पाका सुशिल राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । विश्वास श्रेष्ठको क्रस बल सातदोबाटोका डिफेण्डर करण रावतले क्लिएर गर्न नसक्दात्यसको फाईदा हिमालयन शेर्पाले लियो । करणले हेडर मार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनका अफ्रिकी खेलाडी अवायोमीले सुशीललाई डिबक्स भित्र सटिक पास उपलब्ध गराएकाथिए । सुशीलले पहिलो हाफको दुई मिनेटको इन्ज्युरी समयको केहि सेकेण्ड बाँकी छँदा टिमलाई खेलमाफर्काए ।
दोश्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै सेमिफाईनलमा मकवानपुर ११ संगको भेट पक्का गरे । हिमालयन शेर्पाका मिडफिल्डर सत्यम शर्माले कर्नर एरियाबाट प्रहार गरेको एयर बलमा डिबक्स भित्रबाट अवायोमीले हेडर गोल गर्दा सातदोबाटाका गोल रक्षक निशान्त थापा मगरले बचाउको प्रयाससम्म गर्न भ्याएनन् ।
प्रतियोगिताको दोश्रो संस्करणमा उपाधिजितेको हिमालयन शेर्पाले अब फाइनल प्रवेशका लागि बुधबार हुने पहिलो सेमिफाइन लमा मोफसलको टिम मकवानपुर ११ संग प्रतिस्पर्धा गर्नेछ ।
खेलको १२ औं मिनटमा सातदोबाटोका सुशिललामाउत्कृष्ट अवसर खेर फालेका थिए । अफ्रिकी खेलाडी विलियमले डिबक्स भित्रदिएको सटिक पासमाउनको प्रहार क्रसबार माथिबाट बाहिरियो ।
२२ औं मिनटमा सातदोबाटोका विलियमको फ्रिकिक बल हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरे । २८ औं मिनटमा सातदोबाटोका निरज चौधरीले अर्को अवसर खेर फाले । विलियमले डिबक्स भित्रदिएको पासमा निरजको प्रहारले गोल पोष्टको दिशालिन सकेन ।
खेलको ७४ औं मिनटमा सातदोबाटोका निरज चौधरीले किपर विट भइसकेको अवस्था खेर फाले । सेन्टरलाईन बाट बल अघि बढाएका निरजले खालीपोष्टमा डेलिभरी गर्न नसक्दाहिमालयनका डिफेण्डरले बल क्लिएर गर्दै संकट टारे ।
खेलको पाँचौ मिनटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारबाट बाहिरीयो । डिबक्स भित्रै पाएको बललाई हिमालयन शेर्पाका कप्तानविश्वासले गोलमा परिणत गर्न सकेनन् ।
खेलको आठौं मिनटमा निशानलिम्बुको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।विश्वास श्रेष्ठको पासमा डिबक्स बाहिरबाट निशानले शसक्तप्रहार गरेका थिए ।
खेलको ३१ औं मिनटमा विश्वास श्रेष्ठको पासमानिशानलिम्बुको प्रहार सातदोबाटोका गोलरक्षकले बचाउ गरे ।
खेलको ५५ औं मिनटमा हिमालयन शेर्पाका सुशील राईको शसक्तप्रहार सातदोबाटोका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । विश्वास श्रेष्ठको कर्नर बलमा पेनाल्टी एरियाबाट शुसीलले गरेको सशक्तप्रहार सातदोबाटोका गोलरक्षक निशानथापामगरले पन्च गरेर जोगाए ।
खेलको म्यानअफदिम्याचहिमालयनशेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित भए । उनले दशहजार नगद सहित ट्रफि प्राप्तगरे ।
प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वाटर फाइनलमा ‘ए’ डिभिजन क्लबचर्च ब्वाइजयुनाईटेडले विभागीय टिम एपिएफक्लबको सामना गर्नेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद