Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

जीतपुरसिमरा गोल्डकप भोलिदेखि सुरु हुने, खेलप्रेमीहरु उत्साहित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ८,बुधबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बारा,०८ चैत । मोफसलकै प्रतिष्ठित जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण भोलिदेखि सुरु हुने भएको छ । बिहीबारदेखि सुरु हुने प्रतियोगिताका लागि सिमरा रङ्गशालामा अन्तिम तयारी भइरहेको छ ।

उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजक नव जनजागृति युवा क्लबले रङ्गशालामा मञ्च व्यवस्थापन, प्याराफीट रंग रोगनको काम गरिरहेको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । लामाका अनुसार प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमले भाग लिनेछन् ।

साबिक विजेता न्युरोड कर्नर टिम (एनआरटी), उपविजेता नेपाल एपीएफ क्लब, चर्च ब्वाईज, सातदोबाटो यूथ क्लब, हिमालयन शेर्पा क्लब, मोफसलका वीरगन्ज युनाइडेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, केबीए ग्लोबल चितवन र आयोजकले प्रतियोगितामा सहभागिता जनाउने छन् । चैत्र १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको भोलि हुने उद्घाटन खेल आयोजक र चितवनबीच हुनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टील्स् प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार प्राप्त गर्नेछन् भने उदीयमान खेलाडीले नगद १५ हजार पाउने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगिताको सम्पूर्ण खेल फ्लड लाइटमा हुनेछन् । पछिल्लो दुई वर्षदेखि सिमरा रङ्गशालामा रात्रि समयमा खेल भइरहेको छ । गर्मी मौसम र दर्शकलाई लक्षित गर्दै आयोजकले फ्लड लाइटमा खेल सञ्चालन गर्न थालेको हो । आयोजकले प्रतियोगिता सञ्चालन गर्न अनुमानित एक करोड ६ लाख रुपैया खर्च हुने जनाएको छ । जीतपुरसिमरा गोल्डकप उद्घाटन कार्यक्रमको प्रमुख अतिथि भने पूर्व श्रम मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठ रहनेछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु
खेलकुद

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद

पर्सामा जेठ ८ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद