Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगञ्जमा बिन्दवासिनी माई टी–२० क्रिकेट प्रतियोगिता सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार ६,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,— वीरगञ्ज महानगरपालिका–१९ मा श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधिर पटेलले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै आयोजक श्री बिन्दवासिनी माई युवा क्लबलाई धन्यवाद तथा बधाई दिएका थिए।
पटेलले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवाबीच एकता, आपसी सद्भाव तथा सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा रास्वपाका वीरगञ्ज महानगर अध्यक्ष दिपराज पटेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। उनले स्थानीय तहमा खेलकुद गतिविधिको विस्तारले प्रतिभाशाली खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताउँदै आयोजकको प्रयासको प्रशंसा गरे।
आयोजकका अनुसार प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान तथा खेलकुद संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८३ असार ६,शनिबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८३ असार ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद