Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

सातौं प्याब्सन टी–२० क्रिकेटको सेमिफाईनलमा मनकामना, एमईएस र साउथ जोन प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ११,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज, ११ माघ । सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगितामा मनकामना, एमईएस र साउथ जोन सेमिफाईनल प्रवेश गरेका छन् । बुधबार भएकोे ज्ञान ज्योतिलाई पराजित गर्दै मनकामना, आदर्श माविलाई पराजित गर्दै एमईएस र मुनलाईटलाई पराजित गर्दै साउथ जोन माविले सेफिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

बुधबार पहिलो खेलमा ज्ञान ज्योतिलाई मात्र ३ विकेटले मनकामना माविले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको ज्ञान ज्योतिले पुरै १५ ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र ७८ रन बनाएको थियो । ७९ रनको झिनो लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको मनकामनाले ७ विकेटको क्षतिमा १३।५ ओभर खेलेर लक्ष्य पार गरेको थियो ।

खेलमा मनकामनाका अभय सर्राफ म्यान अफ दी म्याच घोषित भए । यस्तै, बुधबार नै भएको क्वाटर फाईनल चरणको खेलमा एमईएस मावि विजयी भएको छ । आदर्श माविलाई ३१ रनले पराजित गर्दै एमईएसले सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर एमईएसले ब्याटिङ रोजेकोमा पुरै १५ ओभरमा ५ विकेटको नोक्सानीमा १०७ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको आदर्शले १३।५ ओभर खेल्दै पुरै विकेट खर्चेर मात्र ७६ रन बनाउन सक्यो ।

खेलमा २ छक्का र ४ चौकासहित ४८ रनको योगदान दिएका एमईएसका एजाज खान म्यान अफ द म्याच घोषित भए । यसैगरी, बुधबार भएको तेस्रो क्वाटर फाईनलमा मुनलाईटलाई ७८ रनले पराजित गर्दै साउन जोन मावि विजयी भएको छ । टस जितेर साउथ जोनले पहिले ब्याटिङ गरेर पुरै १५ ओभरमा ६ विकेटको नोक्सानीमा १४० रन बनाएकोमा जवाफी ब्याटिङ गरेको मुनलाईट ३ विकेट खर्चेर पुरै ओभर खेल्दा पनि मात्र ६२ रनै समेटियो ।

खेलमा ३ छक्का र छ चौका सहित ६० रनको योगदान दिएका साउथ जोनका मुन्ना यादव म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बिहीबार भने एउटा मात्र खेल हुन प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिनुभयो । बिहीबार सरस्वती पूजा परेको हुँदा अन्तिम गौतम मावि र मिलील्याण्ड मावि बीचको एउटा मात्र क्वाटर फाईनल खेल हुने संग्रौलाले जानकारी दिनुभयो ।

माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागीता रहेका छन् । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०७९ माघ ११,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ माघ ११,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद