Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

तेक्वान्दोमा स्वर्ण जितेका अख्तरलाई स्वतन्त्र उम्मेद्वार सिंहले गरे सम्मान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता वीरगञ्जका म.सोयब अख्तर सम्मानित भएका छन् ।
पर्सा क्षेत्र नम्बर २(ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले एक कार्यक्रमका बीच स्वर्ण पदक विजेता खेलाडी अख्तरलाई मायाको चिनोसहित सम्मान गरेका हुन् ।
वीरगञ्ज ३ निवासी अख्तरले पोखरामा भएको खेलमा नेपाल प्रहरीका सुवासचन्द्र बोहोरालाई पराजित गर्दै स्वर्ण पदक हात पारेका थिए ।
५८ केजी समूहतर्फ खेलेका उनले बोहोरालाई पराजित गर्दै मधेस प्रदेशकै लागि तेक्वान्दो तर्फ उक्त पदक दिलाउन सफल भएका हुन् । तेक्वान्दोमा स्वर्ण पदक जित्ने प्रदेशमै उनी मात्रै एक खेलाडी हुन् ।
अख्तरलाई सम्मान गर्दै स्वतन्त्र उम्मेद्वार सिंहले वीरगञ्ज र पर्सा जिल्लाको मात्रै नभई प्रदेशकै नाम राख्न सफल हुनु गौरबको विषय भएको बताए ।
उनले भने, ‘यो वीरगञ्ज र पर्सा जिल्लाको लागि मात्रै नभई समग्र प्रदेशकै लागि गौरबको विषय हो, वीरगञ्जेली छोरोले अवसर पाए गरेर देखाउँछ भन्ने उदाहरण पनि हो ।’
खेलबाट आफ्नो क्षेत्र र देश चिनाउने गरी आउँदा दिनमा पनि अग्रसर रहिरहन आग्रह गर्दै उनले खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद