Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २२,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज –

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा स्पोर्ट्स वीक २०८२ अन्तर्गत उद्घाटन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कलेज परिसरस्थित फुटबल ग्राउण्डमा बिहान ९:३० बजेदेखि सुरु भएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको उपस्थिति रहेको थियो।
विशेष अतिथिका रूपमा एडमिशन तथा मार्केटिङ निर्देशक अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, उप-प्राचार्य डा. रवि शंकर गुप्ता, डेन्टल उप-प्राचार्य प्रा. डा. सरोज देव, नर्सिङ निर्देशक प्रा. गंगा गुरुङ, नर्सिङ क्याम्पसकी उप-प्राचार्य प्रा. बबिता सिंह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्पोर्ट्स चेयरपर्सन प्रा. डा. आनन्द कुमार चौरेसिया, स्पोर्ट्स सदस्य सचिव जाफ्रे आलम अन्सारी तथा स्पोर्ट्स को-अर्डिनेटर मोहम्मद फिरोजको सक्रिय भूमिका रहेको थियो। साथै मधेश प्रदेशका राष्ट्रिय क्रिकेट खेलाडी तथा कप्तान हाशिम अन्सारीको विशेष उपस्थिति कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि अध्यक्ष, विशेष अतिथि तथा प्रमुख अतिथिबाट मन्तव्य व्यक्त गरिएको थियो, जसमा खेलकुदले विद्यार्थीहरूमा अनुशासन, स्वास्थ्य तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको थियो।

उद्घाटन अवसरमा विभिन्न संकायका विद्यार्थीहरूद्वारा आकर्षक मार्चपास्ट प्रस्तुत गरिएको थियो। साथै स्वयंसेवकहरूलाई खेल सामग्री वितरण गरिएको थियो भने कार्यक्रमलाई थप उल्लासमय बनाउन बलुन उडाएर कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थी र शिक्षकबीच मैत्रीपूर्ण उद्घाटन खेल सम्पन्न भएको थियो, जसले सम्पूर्ण वातावरणलाई ऊर्जा र उत्साहले भरिपूर्ण बनाएको थियो। कार्यक्रममा आईटी, मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

स्पोर्ट्स वीक २०८२ अन्तर्गत आगामी दिनहरूमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने कलेज का प्रेस सलकार आशिक अन्सारीले जनाउनु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद