Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २१,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज — दृष्टि सम्बन्धी अपांगता भएका खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेश नेत्रहीन क्रिकेट संघले ५ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। राउन्ड टेबल नेपाल BFRT–8 को सहयोगमा बिरगंज–५ स्थित मुनलाइट स्कुलमा शनिबार कार्यक्रमको उद्घाटन गरिएको हो।

पर्वत, तनहुँ, चितवन, गोरखा, पर्सा लगायत मधेश प्रदेशसहित देशका १२ जिल्लाबाट २० जना दृष्टिविहीन खेलाडीहरू प्रशिक्षणमा सहभागी छन्।

कार्यक्रम आइज नेपाल पर्साकी कोषाध्यक्ष रुपशिला जैसवालको अध्यक्षतामा तथा राउन्ड टेबल नेपाल BFRT–8 का अध्यक्ष दीपक कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। प्रमुख अतिथि अग्रवालले ब्यानर वाचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै अग्रवालले राउन्ड टेबल नेपाल सधैं दिनदुःखी र असहायहरूको सेवामा सक्रिय रहेको बताए। उनले हालै माइस्थान मन्दिर सञ्चालक समितिसँग सहकार्य गरी रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै दृष्टिविहीन खेलाडीहरूको प्रतिभा निखार्न सहयोग गर्न पाउँदा गर्व लागेको बताए। उनले खेलाडीहरूलाई निरन्तर मेहनत गर्न आग्रह गर्दै सफलताको शुभकामना दिए।

विशिष्ट अतिथि तथा कञ्चनजंघा स्कुलका निर्देशक एवं शिक्षाविद् मार्टिन मोक्तानले दृष्टिविहीन खेलाडीहरूको साहस र संघर्षबाट सबैले सिक्नुपर्ने बताए। उनले यस्ता खेलाडीहरूको जिम्मेवारी स्थानीय, प्रदेश र संघीय सरकारले लिनुपर्ने धारणा राखे।

बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले सहभागी खेलाडीहरूलाई “विशेष व्यक्तित्व” भन्दै उनीहरूको आत्मबल र दृढताले समाजलाई प्रेरणा दिने बताए। उनले खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गरे।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सराफले पनि खेलाडीहरूको प्रशंसा गर्दै राज्यले पछाडि पारिएका खेलाडी र नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताए।

राउन्ड टेबलका मोहित राजपालले संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको उल्लेख गर्दै दृष्टिविहीन खेलाडीहरूको सहयोगमा सहभागी हुन पाउँदा गर्व लागेको बताए। उनले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए।

अन्तर्राष्ट्रिय खेलाडी मनकेशी चौधरीले अतिथिहरूलाई खादा ओढाएर स्वागत गरेकी थिइन्। कार्यक्रमको स्वागत मन्तव्य आइज नेपाल पर्साका सचिव उदित कुमार साहले दिएका थिए भने सञ्चालन मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष तथा आइज नेपालका अध्यक्ष महेश साहले गरेका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष रुपशिला जैसवालले समाजमा विभिन्न कारणले पछाडि परेका खेलाडीहरूलाई सहयोग र प्रोत्साहन गर्न सबैलाई आग्रह गरिन्। उनले मुख्य सहयोगी राउन्ड टेबल नेपाल बिरगंज–८, बिरगंज–१० वडा समिति कार्यालय, मुनलाइट स्कुल परिवार तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरिन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ चैत्र २१,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ चैत्र २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद