Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

मारवाडी प्रिमियर लिग–३ : आठौं दिनका खेल सम्पन्न, धौलागिरी बौधिमाई विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “मारवाडी प्रिमियर लिग–३” अन्तर्गत आठौं दिनका खेलहरू वीरगञ्जस्थित आदर्शनगर रंगशालामा उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्।

स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ भने कुल २३ खेल खेलाइने कार्यक्रम रहेको छ। विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक केशव खेतानले जानकारी दिएका छन्।

आठौं दिनको पहिलो खेल धौलागिरी बौधिमाई र गौरीशंकर हिटर्सबीच भएको थियो। उक्त खेलमा धौलागिरी बौधिमाईले १५ ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गौरीशंकर हिटर्सले १४.२ ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाउँदै ४ विकेटले रोमाञ्चक जित हात पारेको हो।

यसैगरी दोस्रो खेल मकालु महाकाल राइजर्स र मनास्लु रेडर्सबीच भएको थियो। मकालु महाकाल राइजर्सले निर्धारित ओभरमा ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर खेलका क्रममा हावा हुरी तथा वर्षाका कारण अवरोध भएपछि डिएलएस (DLS) नियमअनुसार नतिजा तय गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता अन्तर्गत आगामी दिनहरूमा थप रोमाञ्चक खेलहरू हुने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद