Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगञ्जमा जारी मारवाडी प्रिमियर लिग–३ : धौलागिरी बौदिमाई र अन्नपूर्ण टाइगर विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ‘मारवाडी प्रिमियर लिग–३’ क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनका खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिता वीरगञ्जस्थित आदर्शनगर रंगशालामा जारी छ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको खेलमा खेलाडी तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा १० टोली सहभागी छन् भने प्रतियोगिता अवधिभर २३ खेल खेलाइने कार्यक्रम रहेको छ। प्रतियोगिताको विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक केशव खेतानले जानकारी दिए।

चौथो दिनको पहिलो खेलमा ड फोग फाइटर कैलाश र धौलागिरी बौदिमाईबीच प्रतिस्पर्धा भएको थियो। ड फोग फाइटर कैलाशले १५ ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जवाफी ब्याटिङमा धौलागिरी बौदिमाईले १४.५ ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाउँदै ५ विकेटले जित हात पारेको थियो।

त्यसैगरी दोस्रो खेलमा अन्नपूर्ण टाइगर र निलगिरी जगर्सबीच प्रतिस्पर्धा भएको थियो। अन्नपूर्ण टाइगरले १२ ओभरमा ६ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। लक्ष्य पछ्याएको निलगिरी जगर्सले १२ ओभरमा ५ विकेट गुमाउँदै ११० रन मात्र बनाउन सकेपछि अन्नपूर्ण टाइगर ९ रनले विजयी भएको थियो।

प्रतियोगिताका खेलहरू हेर्न स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहने गरेको आयोजकले जनाएको छ। प्रतियोगिता आगामी दिनहरूमा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ चैत्र २,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ चैत्र २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद