बिरगंज — विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा सञ्चालित इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चयन चरण आइतबार हरि खेतान बहुमुखी क्याम्पस, बिरगंजमा सम्पन्न भएको छ।
“डिजिटल युगमा सामाजिक सञ्जाल : युवावर्गमा प्रेरणा कि मानसिक तनाव?” भन्ने विषयमा आयोजित प्रतियोगितामा १० वटा कलेजका विद्यार्थीहरूमध्ये तेस्रो चरणमा ४ महिला र ४ पुरुष गरी ८ जना प्रतिस्पर्धी सहभागी भएका थिए।
प्रतिस्पर्धाबाट कक्षा ११ की चन्द्रकान्ता महत्तो थारु र कक्षा ११ का अदिती महत विजयी भई फाइनल राउन्डका लागि छनोट भएका छन्। महिला तथा पुरुष दुवै समूहबाट एक–एक जनालाई फाइनलमा प्रवेश गराइएको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज मेट्रोसिटीका अध्यक्ष लायन उमेश गुप्ताले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य संघका मनोज उपाध्याय, विशिष्ट अतिथिका रूपमा डिस्टRICT एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना, एक्ज्युटिभ को–चिफ लायन उमेश शर्मा, डिस्टRICT चिफ लायन श्याम गुप्ता, डिस्टRICT चिफ लायन गुड्डी जोशी तथा रिजन चेयर पर्सन एवं कार्यक्रम संयोजक लायन सन्दिप गुप्ता कानु उपस्थित रहेका थिए ।
त्यसैगरी लायन्स परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशिला साह, कुटुम्बका अध्यक्ष लायन रचना प्याकुरेल, फ्रेन्डजोनका अध्यक्ष लायन सर्वन साह, एक्सिलेन्सका जोन चेयर पर्सन लायन मनोज उपाध्याय, मेट्रोसिटीका कोषाध्यक्ष लायन अंकित चौरसिया तथा कलेजका चेयरम्यान रबिन्द्र कुमार यादव सहित कलेजका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार कार्यक्रम कलेज तर्फबाट रबिन्द्र यादव तथा कलेज टोलीको समन्वयमा व्यवस्थित र भव्य रूपमा सम्पन्न गरेका थिए।



