Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक २७,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — “खेली मधेश, जीती मधेश” भन्ने नाराका साथ राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत पर्सा जिल्ला खेलकुद विकास समितिले आफ्नो प्रथम वार्षिक उत्सव आज वीरगंजमा भव्य रूपमा सम्पन्न गरेको छ।

उक्त अवसरमा खेलकुद परिषद्को कार्यालय परिसरमा सरसफाइ, पेन्ट–रोगन र दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले खेलकुद क्षेत्रलाई सफा, सुन्दर र अनुशासित राख्ने सन्देशसहित सरसफाइ अभियान सञ्चालन गरेका थिए। कार्यक्रम दिपक साह कानुको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका–४ का वडा अध्यक्ष जगत साह कानुले खेलकुदको माध्यमबाट युवाहरूमा एकता, स्वास्थ्य र अनुशासनको भावना विकसित हुने उल्लेख गरे। उहाँले भने,

“मधेशमा खेलकुदको स्तर उकास्न सबै पक्षको साझा प्रयास र सहकार्य आवश्यक छ। खेलकुदले युवाहरूलाई सकारात्मक सोच, नेतृत्व क्षमता र अनुशासनमा उचो बनाउँछ। युवाहरू खेलमा संलग्न भए मधेशको गौरव अझ माथि उठ्नेछ।”

त्यस्तै, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नाजिर हुसैन अन्सारीले कार्यालयको स्थापना कालदेखि हालसम्मका गतिविधिहरूको जानकारी दिँदै भने,

“हामीले खेलकुद संरचनाको सुधारका लागि निरन्तर काम गरिरहेका छौं। कार्यालय परिसरमा खानेपानी ट्यांकी, खेल मैदान मर्मत तथा खेल सामग्री सुधारका काम सम्पन्न गरिसकिएको छ।”

कार्यक्रममा विभिन्न खेल संघका प्रतिनिधि र खेलकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेष अतिथिहरूमा पर्सा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष नरेश कायस्थ, जुडोका वरिष्ठ प्रशिक्षक पृथ्वी आलोक, सितोरिया कराते संघका प्रशिक्षक दिलीप कुमार पटेल, टाइक्वान्डोका वरिष्ठ खेलाडी विक्रम डङ्ग्गोल, जिल्ला प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी हवलदार रामबहादुर लगायतका व्यक्तिहरूको उपस्थिति थियो।

आयोजक समितिका अनुसार, कार्यक्रममा सहभागीहरूले खेलकुद क्षेत्रप्रति युवाहरूको आकर्षण बढाउनुका साथै मधेशमा खेलकुदको माध्यमबाट ऊर्जा, एकता र सकारात्मक सोच फैलाउने सन्देश दिन सफल भएको बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ कार्तिक २७,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ कार्तिक २७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद