Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

अनुशासन र कडा मेहनतले सबैथोक सम्भव हुन्छ – सांसद रहबर अन्सारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक १,शनिबार
A A
10
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,— वीरगञ्जस्थित पब्लिक फिटनेस सेन्टर (PFC)मा बिहीबार सम्पन्न डेडलिफ्ट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य रहबर अन्सारीले अनुशासन र कडा मेहनतको महत्वमाथि प्रकाश पार्दै, यस्तै प्रतियोगिताले युवामा आत्मविश्वास र अनुशासन बढाउने विश्वास व्यक्त गरे।

प्रतियोगितामा ४० जनाले सक्रिय सहभागिता जनाएका थिए। वरिष्ठ समूहतर्फ अभिषेक गुप्ता प्रथम, चन्दन गुप्ता द्वितीय र बरमा यादव तृतीय स्थान हासिल गर्न सफल भए।

विजेताहरुलाई नगद पुरस्कार, प्रोटिन पाउडर, सेकर बोतल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रथम हुने अभिषेक गुप्तालाई रु ७५००,

द्वितीय चन्दन गुप्तालाई रु ५०००,

तृतीय बरमा यादवलाई रु ३५०० नगद पुरस्कारसहित अन्य आकर्षक उपहार प्रदान गरिएको आयोजकले जनाएको छ।


साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

निर्णायकको भूमिकामा आशिफ अन्सारी, खालिद हुसेन, अकलेस पटेल, बिशाल यादव, सुमित पटेल, र अरुण साह रहेका थिए। कार्यक्रमको सञ्चालन शिवनाथ यादवले गरेका थिए भने कार्यक्रम संस्थापक अध्यक्ष करण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा विशेष अतिथिको रूपमा भारतोलन संघकी कोषाध्यक्ष सुनिता अग्रवाल, स्वास्थ्यकर्मी तथा समाजसेवी करन पटेल, समाजसेवी सुबाश गुप्ता, स्ववियु सदस्य माला साह, र Galaxy Fitness Center का प्रशिक्षक सुमित महत्त्वको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ कार्तिक १,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ कार्तिक १,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद