Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

युवा प्रतिभा र खेलकुद प्रवर्द्धनका लागि सहकार्य आवश्यक – खानेपानी मन्त्री प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ११ कात्तिक । सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले नारायणी रङ्गशालाको स्तरोन्नति कार्यलाई प्रभावकारी बनाउन स्थानीय र सङ्घीय सरकारबिचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

आइतबार रङ्गशालाको अनुगमन भ्रमणका क्रममा मन्त्री यादवले युवा प्रतिभाहरूको विकास र खेलकुदको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवर्द्धन गर्नका लागि खेल पूर्वाधारलाई समयमै सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

मन्त्री यादवले अनुगमनका क्रममा पर्सा क्रिकेट सङ्घ र अध्यक्ष मनिष सिंहको निरन्तर प्रयासको उच्च प्रशंसा गर्नुहुँदै क्रिकेट र अन्य खेलकुदलाई प्रवर्द्धन गर्न गरिरहेको योगदानको कदर गर्नुभयो । उहाँले भन्नुभयो, “नारायणी रङ्गशालाको विकासमा मनिषजी र पर्सा क्रिकेट सङ्घको भूमिका महत्त्वपूर्ण छ । आगामी दिनमा सरकारले थप सहयोग र स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध छ ।”

मन्त्री यादवले नारायणी रङ्गशालाको स्तरोन्नतिमा मुख्य अवरोध बनेको मुआब्जा समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । केही दिन अघि मात्रै मन्त्री यादवले खेलकुद मन्त्री तेजुलाल चौधरीसँग भेट गरी मुआब्जा विषय छिटो टुङ्ग्याउन आग्रह गर्नुभएको थियो ।

“रङ्गशालाको प्रगति रोकिएको कारण केवल निर्माण मात्र होइन, यससँग सम्बन्धित प्रशासनिक अवरोधहरूलाई पनि समयमै समाधान गर्न जरुरी छ,” मन्त्री यादवले भन्नुभयो ।

उहाँले नारायणी रङ्गशालाको मुद्दालाई सांसदमार्फत बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको कुरा पनि स्मरण गराउनुभयो । “खेलकुद क्षेत्रको विकासले युवाहरूमा आशा र अवसर सिर्जना गर्ने भएकाले यो आयोजना छिटो सम्पन्न गर्न सरकार प्रतिबद्ध छ,” उहाँले थप्नुभयो ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले नारायणी रङ्गशालाको विकासलाई वीरगञ्जको खेलकुद इतिहासको महत्त्वपूर्ण परिवर्तनको रूपमा व्याख्या गर्नुभयो । उहाँले रङ्गशालाको स्तरोन्नतिले क्रिकेट र अन्य खेलहरूका लागि उत्कृष्ट मञ्च तयार पार्नाका साथै स्थानीय अर्थतन्त्र र पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले पनि अनुगमन भ्रमणपछि नारायणी रङ्गशालाले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न सक्ने क्षमताको विकास गर्न र स्थानीय युवाहरूको खेलकुद भविष्य निर्माण गर्न अहिलेसम्मको प्रगति महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले मन्त्रालय र स्थानीय निकायबिच समन्वय र निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

मन्त्री यादवको भ्रमणले नारायणी रङ्गशालाको स्तरोन्नति कार्यलाई थप गति दिने र स्थानीय तथा सङ्घीय सरकारबिचको सहकार्य बलियो बनाउने अपेक्षा गरिएको छ । परियोजनाले वीरगञ्जलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको केन्द्रका रूपमा स्थापित गर्ने र स्थानीय युवाहरूको प्रतिभा उजागर गर्न ठूलो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद