Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

तेस्रो परवानीपुर गोल्डकप : खेलमा मैदानमा पानी जमेपछी आजको खेल स्थगित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ७,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,७ चैत ।

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगितामा बुधबार हुने पहिलो सेमिफाइनल खेल बर्षाका कारण स्थगित भएको छ ।

शक्ति युवा क्लबको आयोजनामा परवानीपुर खेल मैदानमा बर्षाका कारण पानी जमेपछी खेल स्थगित भएको हो ।

दिउँसो तीन बजे देखि हुने वीरगन्ज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमी बीचको पहिलो सेमिफाइनल खेल बर्षाका कारण स्थगित भएको प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

आज स्थगित भएको पहिलो सेमिफाइनल खेल बिहीबार अपरान्ह १२ बजे देखि हुने उनले बताए ।

यस्तै बिहिबार दिउँसो ३ बजेदेखि दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने उनले बताए ।

अगामी चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी थिए ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक यादवले बताए ।

प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० चैत्र ७,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० चैत्र ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद