Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

परवानीपुर गोल्डकप – हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ४,आईतवार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,४ चैत ।

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर विजयी भएको छ ।

शक्ति युवाको आयोजनामा जारी प्रतियोगितामा चिडिया दह स्टार क्लब रौतहटलाई हेटौंडा फुटबल एकेडेमीले ट्राईब्रेकरमा ४ ( २ गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा भएको खेलमा पहिलो हाफको १९ औ मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका जर्सी नम्बर ७७ का खेलाडी गणेश धामीले पहिलो गोल गरे ।

सुरु देखिको खेलमा दबाबमा रहेको हेटौंडा फुटबल एकेडेमी मकवानपुरले खेलको २२ औं मिनेटमा आफ्नो गोल गरेको थियो ।

आफ्नो पहिलो गोल हेटौंडा फुटबल एकेडेमी मकवानपुरका जर्सी नम्बर १३ का खेलाडी दाबा लामाले गरेर खेलमा फर्केका थिए ।

खेलको ५० औं मिनेटमा हेटौंडा फुटबल एकेडेमी मकवानपुरका जर्सी ९ का खेलाडी अन्जन बछारले गोल गरेर टिमलाई अग्रता दिलाए ।

खेलको ६४ औं मिनेटमा चिडिया दह स्टार क्लब रौतहटका जर्सी नम्बर १७ का विवेक बिकले गोल गरेर खेललाई बराबरीमा पुर्याए ।

आजको खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टिम २(२ गोल गरेर बराबरीमा खेलपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

ट्राईब्रेकरमा चिडिया दह स्टार क्लब रौतहटका खेलाडी मध्ये दुई खेलाडी बल पोस्ट बाहिर हानेका थिए ।
भने हेटौंडा फुटबल एकेडेमी मकवानपुरका खेलाडी सबै बल पोस्टको जाली चुमाएका थिए ।

आजको खेलको म्यान अफ दि म्याच हेटौंडा फुटबल एकेडेमी मकवानपुरका गोलकिपर अस्बिर गुम्बा घोषित भए ।

गुम्बालाई परवानीपुर निवासी मनी आलमले २ हजार १ सय नगद सहित र ट्रफी प्रदान गरे ।
भोलिको खेल वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र नव जन जागृती क्लब सिमरा बीच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।

चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए ।

त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८० चैत्र ४,आईतवार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० चैत्र ४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद