Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

साउथ जोनले उचाल्यो प्याब्सन जुनियर फुटबलको उपाधि

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १७,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज, १७ माघ
प्याब्सन अन्तर विद्यालय जुयियर फुटबल प्रतियोगिताको उपाधि साउथ जोन माध्यमिक विद्यलयले उचालेको छ । बुधबार मधेश प्रदेश विपद व्यवस्थापन गुल्मको खेल मैदानमा प्याब्सन बीरगन्जको आयोजनामा सम्पन्न फाईनल खेलमा लिटिल फ्लावर माविलाई २–१ ले स्तब्ध पार्दै. साउथ जोनले उपाधि उचालेको हो । साउथ जोनलाई उपाधि जिताउन खेलको पहिलो हाफमा कप्तान रितिक चौधरी र दोस्रो हाफको अन्त्यतिर आयुष चौरसियाले एक÷एक गोलको योगदान दिए । पहिलो हाफमा एक गोल गरेको साउथ जोनले दोस्रो हाफमा अग्रता जोगाउन सकेको थिएन । दोस्रो हाफमा लिटिल फ्लावरका साहिल आलमले एक गोल फर्काएपछि खेलमा प्रतिस्पर्धा रोमान्चक भएको थियो । दोस्रो हाफमा साउथ जोनमा चौरसियाले एक गोल गरेपछि जित सुनिश्चित भएको हो । फाईनल खेलको म्यान अफ द म्याच साउथ जोनका राहुल पन्जियार भए ।

प्रतियोगिताको तेस्रो स्थानको उपाधि मनकामना माविले पाएको छ । बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा सफल एकेडेमीलाई १–० ले पराजित गर्दै मनकामना तेस्रो भएको हो । यस खेलको म्यान अफ द म्याच मनकामनाका प्रिन्स मगर भए ।
खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका साउथ जोनका अंकित महतो बेस्ट डिफेन्डर, सफल एकेडेमी विकेन्द्र चौधरी बेस्ट गोलकिपर, लिटल फ्लायरका सवियो मगर बेस्ट मिड फिल्डर र साउथ जोनका रितिक चौधरी सर्वाधिक गोलकर्ता घोषित भए ।

विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई सो खेलको समापन समारोहका प्रमुख अतिथि बीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, विशिष्ट अतिथि मधेश प्रदेश विपद् व्यवस्थापन गुल्मकी प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठ, खेलप्रेमी दिनानाथ रौनियार, प्रेस सेन्टरका केन्द्रिय सदस्यद्धय निरज पिठाकोटे र कृष्ण उदास खनाल, प्रेस चौतारीका पर्सा अध्यक्ष तुलसी भण्डारी, एन प्याब्सन पर्सा अध्यक्ष राम राज श्रेष्ठ लगायतले प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरेका थिए ।

प्याब्सनका उपाध्यक्ष शिव गुप्ताको संयोकत्वमा भएको सो प्रतियोगिताको समापन समारोहमा भुतपूर्व फुटबल खेलाडी दिनानाथ रौनियार र मनोज भट्टराईलाइृ दोसल्ला ओढाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
खेलको समापन समारोह प्याब्सन बीरगन्जका अध्यक्ष आलोक चौरसिया र प्याब्सन पर्साका अध्यक्ष पूरण प्रधानको संयुक्त सभापतित्वमा सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० माघ १७,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० माघ १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद